युरोकप फुटबल : समूह ‘सी’ बाट को पुग्ला नकआउटमा ? यस्तो छ अंकगणित

डिसी नेपाल
७ असार २०७८ १४:०४

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलमा सोमबार (आज) राति चार खेलहरु हुँदैछन्।

युरोकपको समूह चरणका अन्तिम खेल अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ को समान दुई दुई खेलहरु हुँदैछन। समूह ‘सी’ का दुई खेल राति ९ः४५ बजे सुरु हुनेछन भने समूह ‘बी’ का खेलहरु राति १२ः४५ बजे सुरु हुनेछन।

समूह ‘सी’ का खेलहरुमा नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियासँग तथा युक्रेन र अष्ट्रिया भिड्ने छन। यो समूहमा खेलेका दुवै खेलमा जित निकाल्दै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरिसकेको छ। ६ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ।

नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिने छ।

नर्थ म्यासेडोनिया अघिल्ला दुइ खेलबाट अंक बिहीन रहदै समूहको पुछारमा छ। नकआउट चरणको रेसबाट लभभग बाहिरीसकेको नर्थ म्यासेडोनियाका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन्। यो खेल दुवै टोलिका लागि निकै महत्वपूर्ण छ। जुन टिमले जित निकाल्ने छ त्यो टिम सिधै नकआउट चरणमा प्रवेश गर्ने छ। बराबरी भएको खण्डमा गोलअन्तरका आधारमा युक्रेनले अन्तिम १६ को यात्रा तय गर्ने छ।

त्यसअर्थ दुवै टिम जित निकाल्दै नकआउट चरणको स्थान सुनिश्चित गर्न चाहान्छन। युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ। अष्ट्रिया पनि २ खेलमा समान ३ अंक जोडेर गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *