समूह विजेता बन्दै नेदल्याड्स तेह्र वर्षपछि नकआउट चरणमा

डिसी नेपाल
७ असार २०७८ २३:४३

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा नेदरल्याण्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

जोन क्रुफ एरिनामा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३ – ० गोलअन्तरले पराजित गर्यो।

नेदरल्याडसका लागि कप्तान जर्जिनियो वानाल्डनले दुई तथा डोनीयल मालेनले एक गोल गरे।

Image

डोनीयल मालेनलले खेलको २५ औं मिनेटमा गोल गर्दै घरेलु टोलि नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ – ० ले अघि रहेको नेदरल्याण्ड्सले दोस्रो हाफमा अझ आक्रामक खेल प्रस्तुत गर्यो।

Image

दोस्रो हाफको ५१ औं र ५८ औं मिनेटमा कप्तान जर्जिनियो वानाल्डनले गोल गर्दै घरेलु टोलिलाई ३ – ० को जित दिलाए।

इभान टिकोभास्कीले नर्थ म्यासेडोनियाका लागि खेलको १० औं मिनेटमा गोल गरेका थिए। तर, अफसाइडका कारण उक्त गोलले मान्यता पाएन।

त्यस्तै खेलेको ७२ औं मिनेटमा डार्को चुर्लुनोभले नर्थ म्यासेडोनियाका लागि गोल गरेका थिए। उक्त गोलले पनि अफसाइडका कारण मान्यता पाएन।

Image

समूह ‘सी’ बाट नेदरल्याण्ड्स एक खेल अगावै नकआउट चरणमा प्रवेश गरिसकेको थियो। नेदरल्याण्ड्स १३ वर्षपछि समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

सन् १९७६ मा पहिलो पटक युरोकप खेलेको डच टिम १९८८ मा च्याम्पियन बनेको थियो। सन् २०१२ मा समूह चरणमा सिमित भएको नेदरल्याण्ड्स सन् २०१६ को लागि छनोट नै हुन सकेन। युरोकप २०२० मा छनोट भएको टिम सन् २०२१ मा जारी युरोकपकपको नकआउट चरणमा प्रवेश गरेको हो। यसरी १३ वर्ष पछि नेदरल्याण्ड्स युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो।

समूह चरणका तीनै खेल जितेको नेद्ल्याण्ड्स शतप्रतिसत जितका साथ अंक तालिकामा ९ अंक जोडेर शीर्ष स्थानमा छ।

पहिलो पटक युरोकप खेलेका नर्थ म्यासेडोनियाले प्रतियोगितामा कुनै अंक पनि जोड्न सकेन भने गोल पनि गर्न सकेन। अंक विहीन हुँदै नर्थ म्यासेडोनिया प्रतियोगिताबाट बाहिरीएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *