अष्ट्रियालाई ऐतिहासिक सफलता, पहिलो पटक नकआउट चरणमा

डिसी नेपाल
७ असार २०७८ २३:४८

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ।

नेसनल अरिनामा सोमबार सम्पन्न समूहचरणको अन्तिम खेलमा युक्रेनलाई १ – ० गोलअन्तरले पराजित गर्दै अष्ट्रिया नकआउट चरणमा पुगेको हो।

Image

डेभिड आलबाले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै अष्ट्रियालाई १ – ० को अग्रता दिलाएका थिए। उक्त गोल नै अष्ट्रियालाई जित दिलाउन र नकआउट चरणमा पुर्याउन प्रयाप्त बन्यो।

अष्ट्रिया सन् २००८ मा पहिलो पटक युरोकपका लागि छनोट भएको थियो। सन् २०१६ को युरोकपमा अष्ट्रिया छनोट भए पनि समूह चरण पार गर्न सकेको थिएन।

२०२० मा भने होस्ट नेसनको रुपमा अष्ट्रिया युरोकपका लागि छनोट भएको थियो। अष्ट्रिया १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो।

Image

खेलको ४२ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नाटोभिकले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले बक्सभित्र पाएका पासलाई किपरसँग वान टु वान भएको अवस्थामा गोल गर्न सकेनन।

दुवै टिमले केही गोल गर्ने अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेनन्।

Image

समूह ’सी’ मा रहेको अष्ट्रिया अंकतालिकाको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। अष्ट्रियाले अंकतालिकाको दोस्रो स्थानमा रहँदै ६ अंक बटुलेको छ।

युक्रेनको नकआउट सम्भावना भने कायमै छ। ३ खेलमा ३ अंक जोडेको युक्रेन समूहको तेस्रो स्थानमा छ।

कूल ६ वटा गुरुपमध्येबाट तेस्रो स्थानमा रहने ४ वटा टिमले अन्तिम १६ मा प्रवेश गर्ने अवसर पाउने छन। युक्रेनले यो भन्दा अगाडिका दुवै खेलमा राम्रो प्रर्दशन गरेको र गोलअन्तर कम भएका कारण नकआउटमा प्रवेश गर्ने आसा भने बाँकी नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *