रुसविरुद्ध डेनमार्कलाई सुरुवाती अग्रता
काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले डेनमार्क र रुसबीच प्रतिस्प्रधा भइरहेको छ।
पार्केन स्टेडियममा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदा डेनमार्कले अग्रता लिएको छ।
पहिलो हाफको ३८ औं मिनेटमा डेम्स गार्डले गोल गर्दै डेनमार्कलाई १ – ० को अग्रता दिलाएका हुन।
खेलको १८ औं मिनेटमा एलेक्जेन्डेर ग्लोबिनले दुई डिफेन्डरलाई छकाएर प्रहार गरेको बल डेनमार्कका किपरले उत्कृष्ट सेभ गरेका थिए।

२९ औं मिनेटमा डेनमार्कका लागि इमली हजवर्गले लङ रेञ्जबाट गरेको प्रहार रुसका गोलकिपरले गोलमा परिणत हुन दिएनन।
डेनमार्क र रुस दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ।
समूह ‘बी’ मा रहेको डेनमार्क यसअघिका दुवै खेलमा हार बेहोर्दै अंकतालिकामा पुछारमा छ। तर, नकआउटमा पुग्ने डेनमार्कको झिनो आसा भने कायमै छ। त्यसैले पनि डेनमार्क जित निकाल्दै नकआउटको सम्भावना जिवितै राख्न चाहान्छ।
यदि डेनमार्कले रुसलाई फराकिलो गोलअन्तरले पराजित गरेको खण्डमा र सँगै अर्को खेलमा बेल्जियमले फिनल्याण्डलाई फराकिलो गोलअन्तरले पराजित गरेको खण्डमा डेनमार्क अन्तिम १६ मा जाने सम्भावना छ।
पहिलो खेलमा फिनल्याण्डसँग १–० ले हार बेहोरेको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो।
रुसका लागि यो खेल अझ महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सकेमा रुस सिधै अन्तिम १६ मा जानेछ। बराबरी नतिजा ल्याएको खण्डमा पनि रुसको सम्भावना रहने छ। तर, त्यस्तो अवस्थामा अर्को खेलको नतिजामा भर पर्ने छ।
रुस दुई खेलमा एक जित र एक हारका साथ अंकतालिकामा दोस्रो नम्बरमा छ। पहिलो खेलमा बेल्जियमसँग ३ – ० ले हार बेहोरेको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १ ० ले पराजित भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment