शतप्रतिसत जित निकालेको बेल्जियम समूह विजेता बन्दै नकआउट चरणमा

डिसी नेपाल
८ असार २०७८ २:३९

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा बेल्जियम समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २ – ० गोलअन्तरले पराजित गर्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो।

बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरे। बेल्जियमले एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो।

OWN GOAL! Lukas Hradecky (Finland) scores an unlucky own goal after he deflected a shot which went into his own net! 0:2.

खेलेको ७४ औं मिनेटमा फिनल्याण्डका किपर लुकास हेर्राडेस्किीले गोल बचाउन खोज्दा आत्मघाती गोल गरेका थिए। उक्त गोलमार्फत बेल्जियमले अग्रता लिएको थियो। खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २ – ० को अग्रता दिलाए।

Image

खेलको ३८ औं मिनेटमा रोमेलु लुकाकुको हेडर फिनल्याण्डका किपरले बचाएका थिए। पहिलो हाफको ४२ औं मिनेटमा ज्यार्मी डोकुले उत्कृष्ट प्रहार गरेका थिए। उक्त बल गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।

Jeremy Doku (Belgium) latches on to a lovely pass inside the box and fires towards the right side of the net, but the effort is smothered by the keeper. The referee points to the corner flag. It's a corner to Belgium.

दोस्रो हाफको ६५ औं मिनेटमा केभिन डि ब्रुयनले दिएको पासमा रोमेलु लुकाकुले गोल गरेका थिए। तर, अफसाइडका कारण उक्त गोलले मान्यता पाएन।

समूह ‘बी’ मा रहेको बेल्जियमले एक खेल अगावै नकआउटमा स्थान पक्का गरिसकेको थियो। तीन खेलमा शतप्रतिसत जित हासिल गर्दै बेल्जियम ९ अंकका साथ समूहको शीर्ष स्थानमा छ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डले सुरुकै खेलमा डेनमार्कलाई पराजित गरेर ठूलो अपसेट गरेको थियो। समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग बराबरी मात्रै खेल्न सकेको अवस्थामा पनि फिनल्याण्ड नकआउट चरणमा प्रवेश गर्ने थियो।

त्यो भएन र अर्को खेलमा डेनमार्क भारी अन्तरले विजयी भएपछि फिनल्याण्डको इतिहास रच्ने सपनामा बे्रक लागेको थियो।

तर, समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टिमले नकआउट चरणको अवसर पाउने भएकाले फिनल्याण्डको नकआउटको झिनो आसा भने बाँकी नै छ। फिनल्याण्ड ३ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *