अन्ततः डेनमार्क पुग्यो नकआउट चरणमा
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा डेनमार्क सानदार जित हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
पार्केन स्टेडियममा सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा डेनमार्कले रुसलाई ४ – १ गोलअन्तरले पराजित गरेको हो।
डेनमार्कका लागि डेम्स गार्ड, युसुफ पोल्सन, आन्द्रेज क्रिस्चिटेन्सन र जोकिम मियाले एक एक गोल गरे।
रुसका लागि आर्टेम डेजुबाले एक गोल फर्काए।
पहिलो हाफको ३८ औं मिनेटमा डेम्स गार्डले गोल गर्दै डेनमार्कलाई १ – ० को अग्रता दिलाएका थिए।

युसुफ पोल्सनले ५९ औं मिनेटमा गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए।
खेलको ७० औं मिनेटमा आर्टेम डेजुबाले गोल गर्दै रुसलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तर, आन्द्रेज क्रिस्चिटेन्सन ७९ औं मिनेटमा गोल गर्दै डेनमार्कलाई ३ – १ को अग्रता दिलाए।
खेलको अन्तिम समय ८२ औं मिनेटमा जोकिम मियाले गोल गर्दै डेनमार्कलाई ४ – १ को जित दिलाए।
समूह ‘बी’ मा रहेको डेनमार्क अन्नत ः अन्तिम १६ मा प्रवेश गरेको छ। र ड्म्याटिक रुपमा डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको पहिलो खेलमा आफ्ना महत्वपूर्ण खेलाडी कप्तान क्रिस्टिन एरिक्सनलाई गुमाएको डेनमार्क सुरुकै खेलमा फिनल्याण्डसँग १ – ० ले पराजित भएको थियो।
अर्को खेलमा बेल्जियमसँग २ – १ ले पराजित भएपछि डेनमार्कको नकआउटको सम्भावना कठिन बनेको थियो।
समूह चरणको अन्तिम खेल बाँकी रहँदा डेनमार्क सबैभन्दा कम सम्भावना भएको टिम थियो। डेनमार्क अंकविहीन हुँदै अंकतालिकाको अन्तिम स्थानमा थियो।
तर, अन्तिम दिनको खेलमा नतिजा सबै डेनमार्कको पोल्टोमा पर्यो। डेनमार्कले जे चाहेको थियो त्यही भयो।
रुससँगको खेलमा ठूलो गोलअन्तरको जित हासिल गर्नु थियो भने बेल्जियमसँग फिनल्याण्ड हार्दियोस भन्ने कामना गर्नु थियो। नतिजा त्यही भयो आफ्नो खेलमा डेनमार्कले रुसलाई ४ – १ गोलअन्तरले पराजित गर्न सफल भयो र अर्को खेलमा बेल्जियम सामू फिनल्याण्ड निरीह बन्न पुग्यो।

एरिक्सनको घटनापश्चात भावनात्मक रुपमा ठूलो चोट बोकेको डेनमार्कले यो जितसँगैको नकआउट यात्राबाट ठूलो खूसी प्राप्त गरेको छ।
पराजित रुस भने समूहको चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। रुसले यसअघि फिनल्याण्डलाई १ – ० ले पराजित गर्दै तीन अंक बटुलेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment