उरुग्वेसँग बराबरी खेल्दै चिली कोपा अमेरिकाको क्वाटरफाइनलमा
काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ।
ब्राजिलको एरिना पन्टानलमा मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वेसँग १–१ गोलको बराबरी खेलेर अंक जोडेसँगै चिली क्वाटरफाइनलमा पुगेको हो।
सुरुवाती अग्रता भने चिलीले लिएको थियो। २६ औं मिनेटमा एडवार्डो भर्गासले गोल गर्दै चिलीलाई १ – ० को अग्रता दिलाएका थिए।
तर, खेलको ६६ औं मिनेटमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो।
यस बराबरीसँगै समूह ’ए’ को चिलीले ३ खेलमा ५ अंक जोडेको छ। चिली समूहको दोस्रो स्थानमा छ।
उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment