एक खेल अगावै अर्जेन्टिना क्वाटरफाइनलमा

डिसी नेपाल
८ असार २०७८ १०:०८
640
Shares

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दावेदार अर्जेन्टिना दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना समूह चरणको एक खेल अगावै क्यावटर फाइनलमा प्रवेश गरेको हो।

Image

अर्जेन्टिनाका लागि एलेजेन्ड्रो गोमेजले पहिलो हाफको १० औं मिनेटमा गोल गरे। उक्त गोल नै अर्जेन्टिनाको जितका लागि प्रयाप्त बन्यो।

Image

यो जितसँगै समूह ’ए’ मा रहेको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ।

पराजित पाराग्वेको २ खेलमा ३ अंक छ। पाराग्वे समूहको तेस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *