जसलाई छोरा सम्झिन्थे उनी काका रहेछन्, गर्लफ्रेण्डको हजुरबुवासँग सम्बन्ध रहेछ

डिसी नेपाल
८ असार २०७८ १७:३१

काठमाडौं। परिवार र सम्बन्धले मानिसहरुलाई बाँध्छन् तर कहिलेकाहीँ यही सम्बन्धले मानिसको जीवनमा भूकम्प ल्याउँछ । एक टिकटक युजरसँग यस्तै भयो । यी व्यक्तिले आफ्नो एक भिडियोमार्फत कसरी आफ्नी गर्लफ्रेण्ड र हजुरबुवाले आफूलाई धोका दिए भन्ने बताएका छन् । उनका अनुसार उनले आफ्नो छोरा ठानेका बालक खासमा उनका काका र हजुरबुवाको छोरा भएको खुलासा गरेका छन् ।

डेली मिररमा प्रकाशित रिपोर्टअनुसार टिकटक युजर ‘स्टेक्स१४००’ आफ्नी गर्लफ्रेण्ड र हजुरबुवासँग बस्छन् । उनका एक छोरा पनि छन् । तर, यी व्यक्तिले आफ्नी गर्लफ्रेण्डको सम्बनध उनका हजुरबुवासँग चलिरहेको थाहा पाए । उनले भिडियोमा आफूले आफ्ना छोरा वास्तवमा आफ्ना छोरा नभइ आफ्ना काका भएको थाहा पाएको बताएका छन् । उनले भनेका छन् ‘हामी केही समयदेखि हजुरबुवाको घरमा बसिरहेका छौं तर मैले कहिल्यै सोचेको थिइन कि म यसरी लज्जित हुनुपर्छ ।’

टिकटकमा युजरहरुले उनलाई सहानुभूति दिइरहेका छन् । केहीले उनकी गर्लफ्रेण्ड र उनका हजुरबुवाको सम्बन्ध खराब भइसकेको भए पनि यसमा बालकको कुनै दोष नभएको बताउँदै उनलाई बालकको हेरचाह गरिरहन सुझाव दिएका छन् । यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । उनले टिकटकमा अर्को भिडियो पोस्ट गर्दै आफू र गर्लफ्रेण्डको सम्बन्ध बदलिइसकेको भए पनि बच्चासँगको सम्बन्धमा परिवर्तन नआउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *