इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा

डिसी नेपाल
९ असार २०७८ २:४२

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १ – ० गोलअन्तरले पराजित गर्दै इंग्लायाण्ड नकआउट चरणमा प्रवेश गरेको हो।

घरेलु टोलि इंल्याण्डलाई जित दिलाउन रहिम स्ट्रलिङले गोल गरे।

Image

पहिलो हाफको १२ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उक्त गोल नै इंग्ल्याण्डको जितमा निर्णयक गोल बन्यो।

 

खेलको दोस्रो मिनेटमा किपरसँग वान टु वान मा स्ट्रलिङले गरेको प्रहार गोलपोस्टमा लागेर बाहिरीएको थियो।

दोस्रो हाफको अन्तिम समय ८७ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गरेका थिए। तर, भीएआरको सहायतबाट अफसाईड देखिएपछि उक्त गोलले मान्यता पाएन।

Gooal! No wait, it's been ruled out for offside. Jordan Henderson (England) disagrees, but the linesman is sure about his call.

 

 

समूह ‘डी’ मा रहेको इंग्ल्याण्ड तीन खेलमाा २ मा जित र १ मा बराबरी खेल्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो। समूहमा इंल्याण्ड ७ अंकका साथ समूहको शीर्ष स्थानमा छ।

The referee blows his whistle for the final time to end this match.

पराजित चेक रिपब्लिकको पनि नकआउट सम्भावना कायम नै छ। चेक रिपब्लिकले समूह चरणका तीन खेलमा एक जित, एक बराबरी र १ जित निकालेको छ। ४ अंक बटुल्दै समूहको तेस्रो स्थानमा छ।

समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टिमले नकआउट चरणको अवसर पाउने भएकाले चेक रिपब्लिकको पनि बलियो सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *