जित्नै पर्ने दबावमा स्पेन, यस्तो छ समूह ‘ई’ को अंकगणित

डिसी नेपाल
९ असार २०७८ १५:०७

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन्। जसमा समूह  ‘ई’ का दुई खेलमा स्पेन र स्लोभाकिया तथा स्विडेन र पोल्याण्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

युरोकप फुटबलको सबैभन्दा सफल टिम स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यो खेल जित्नै पर्ने दबाब छ। स्पेन स्लोभाकियालाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ।

समूह चरणका यसअघिका दुई खेलमा भने स्पेनको प्रर्दशन निराशाजनक रह्यो।  सजिलै समूह चरण पार गर्ने आकलन गरिएको स्पेनले नकआउट चरण पार गर्नका लागि संघर्षरत छ।

पहिलो खेलमा स्डिेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेन दोस्रो खेलमा पोल्याण्डसँग पनि १ – १ गोलको बराबरीमा रोकिएको थियो। स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा छ।

स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा प्रवेश गर्न चाहन्छ। आज स्पेनसँग जित निकालेको खण्डमा स्लोभाकिया सिधै अन्तिम १६ मा पुग्ने छ।

स्पेनसँग बराबरीको नतिजाले पनि स्लोभाकियाले नकआउट चरण प्रवेश पाउने सम्भावना रहेको छ। त्यसैले आजको खेलमा स्लोभाकिया स्पेनलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छ।

समूह चरणको पहिलो खेलमा पोल्याण्डलाई २ – १ गोलले पराजित गरेको स्लोभाकियाले दोस्रो खेलमा स्डिनेसँग १ – ० को हार बेहोरेको थियो।

स्लोभाकिया २ खेलमा ३ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ।

यस्तै यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल पनि राति ९ः४५ बजे नै सुरु हुनेछ।

यो समूहबाट स्विडेन नकआउट चरणमा प्रवेश गरिसकेको छ। आजको खेलमा जित निकाल्दै स्विडेन समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिने छ।

समूह चरणको पहिलो खेलमा बलियो टोलि स्पेनसँग गोलरहित बराबरी खेलेको स्विडेनले दोस्रो खेलमा स्लोभाकियालाई १ -० ले पराजित गरेको थियो।

स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ।

पोल्याण्डको पनि अर्को चरणमा प्रवेशको सम्भावना कायमै छ। पेल्याण्ड आजको खेलमा स्वीडनेलाई पराजित गर्दै अन्तिम १६ मा पुग्ने आसा कायमै राख्न चाहान्छ।

तर, उसलाई समूहको अर्को खेलले पनि फरक पार्ने छ। र फराकिलो गोलअन्तरले जित्न सकेमा पोल्याण्ड अन्तिम १६ मा प्रवेश पाउने छ। पेल्याण्डले आजको खेलमा जित मात्रै निकालेको खण्डमा पनि उत्कृष्ट तेस्रो स्थानको टिम हुँदै नकआउट चरणमा पुग्ने सम्भावना छ।

पहिलो खेलमा स्लोभाकियासँग २ – १ ले पराजित पोल्याण्डले दोस्रो खेलमा स्पेनसँग १ – १ को बराबरी खेलको थियो।
पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *