पेनाल्टी ’मिस’ गरेको स्पेनले लियो आत्मघाती गोलमद्दतमा अग्रता

डिसी नेपाल
९ असार २०७८ २२:३७

काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले स्पेनले स्लोभाकियाको सामना गरिरहेको छ।

सेभियामा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदा स्पेनले २ – ० को अग्रता लिएको छ।

स्पेनले विपक्षी गोलकिपर मार्टिन डोबराभ्काको आत्मघाती गोलमद्दतमा १ – ० को अग्रता लिएको थियो।

Image

पहिलो हाफको इन्जुरी समयमा एमरीक लापोर्टले गोल गर्दै २ – ० को अग्रता दिलाए।

It's a goal! Gerard Moreno sends a long raking pass onto the head of Aymeric Laporte (Spain), who makes no mistake from close in and sends the ball into the right side of the goal. 0:2.

खेलको ३० औं मिनेटमा पाब्लो सेराबियाले प्रहार गरेको बल पोस्टमा लागेर माथि उठेको थियो। उक्त बल गोलबाट बचाउन खोज्दा किपरले आत्मघाती गोल गर्न पुगे।

खेलको १२ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गरेका अलभारो मोराटा पेनाल्टी प्रहारमा गोल गर्न चुके।

Image

युरोकप फुटबलको सबैभन्दा सफल टिम स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यो खेल जित्नै पर्ने दबाव छ। स्पेन स्लोभाकियालाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्न चाहान्छ।

पहिलो खेलमा स्डिेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेन दोस्रो खेलमा पोल्याण्डसँग पनि १ – १ गोलको बराबरीमा रोकिएको थियो।
स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा छ।

स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा प्रवेश गर्न चाहन्छ। आज स्पेनसँग जित निकालेको खण्डमा स्लोभाकिया सिधै अन्तिम १६ मा पुग्ने छ। स्पेनसँग बराबरीको नतिजाले पनि स्लोभाकियाले नकआउट चरण प्रवेश पाउने सम्भावना रहेको छ।

समूह चरणको पहिलो खेलमा पोल्याण्डलाई २ – १ गोलले पराजित गरेको स्लोभाकियाले दोस्रो खेलमा स्डिनेसँग १ – ० को हार बेहोरेको थियो। स्लोभाकिया २ खेलमा ३ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *