समूह विजेता बन्दै स्विडेन अन्तिम १६ मा
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा स्विडेन समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
क्रेस्टोस्कि स्टेडियममा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पोल्याण्डलाई ३ – २ गोलअन्तरले पराजित गर्दै स्विडेन नकआउट चरणमा प्रवेश गरेको हो।
स्विडेनका लागि इमेल फोर्सबर्गले २ गोल गरे भने भिक्टोर क्यालिसनले एक गोल गरे।
पोल्याण्डका कप्तान रोर्बट लेवान्डोस्किले २ गोल फर्काए।
पहिलो हाफको दोस्रो मिनेटमा फोर्सबर्गले उत्कृष्ट गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५९ औैं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै फोर्सबर्गले स्विडेनलाई २ – ० को अग्रता दिलाए।
खेलको ६१ औं र ८४ औं मिनेटमा लेवान्डोस्किले दुई गोल गर्दै पोल्याण्डलाई २ – २ को बराबरीमा ल्याएका थिए।
तर, खेलको अन्तिम इन्जुरी समयको एक मिनेट बाँकी रहेको अवस्थामा भिक्टोर क्यालिसनलेगोल गर्दै स्विडेनलाई ३ – २ को जित दिलाए।

पहिलो हाफको १८ औं मिनेटमा रोर्बट लेवान्डोस्किले हेडरमार्फत गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल गोलपोस्टमा लागेर रिबाउण्ड भएको थियो।
रिबाउण्ड बललाई पुन लेवान्डोस्किले प्रहार गर्दा उक्त बल गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।
समूह ‘एफ‘ बाट स्विडेन एक खेल अगावै नकआउट चरणमा प्रवेश गरिसकेको थियो। आजको खेलमा जित निकालेसँगै स्विडेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।
स्विडेन ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ।
यो पराजयसँगै पोल्याण्डको अर्को चरणमा प्रवेशको सम्भावना सकिएको छ। अंकतालिकामा पोल्याण्ड १ अंक जोडेर अंकतालिकाको पुछारमा रह्यो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment