जर्मनीलाई सुरुवाती झट्का, पहिलो हाफमा हंगेरीलाई अग्रता
काठमाडौं। युईएफए युरोकप फुटबलमा अहिले जर्मनीले हंगेरीको सामना गरिरहेको छ।
एलियान्ज अरिनामा जारी समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदा हंगेरीले अग्रता लिएको छ।
पहिलो हाफको ११ औं मिनेटमा कप्तान एडम सजलाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका हुन।
समूह ’एफ‘ मा रहेको जर्मनी आजको खेल जित्दै नकआउट चरणको यात्रा पक्का गर्न चाहान्छ। बराबरीको नतिजाले पनि जर्मनीको नकआउट पुग्ने सम्भावना कायम छ।

पहिलो खेलमा फ्रान्ससँग १ ० ले स्तब्ध बनेको जर्मनीले दोस्रो खेलमा पोर्चुगोललाई ४ – २ ले पराजित गरेको थियो।
जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ।
हंगेरीसँग भने जर्मनीलाई पराजित गर्नु बाहेक अन्य विकल्प छैन। जर्मनीलाई पराजित गर्न सकेमा सिधै अथवा उत्कृष्ट तेस्रो स्थानको टिमको हिसाबमा हंगेरी अन्तिम १६ मा प्रवेश गर्ने छ।
पहिलो खेलमा पोर्चुगलसँग ३ – ० ले पराजित बनेको हंगेरी दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गर्दै फ्रान्ससँग १ – १ को बराबरी खेलको थियो।
हंगेरी १ अंक जोडेर समूहको पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment