उत्कृष्ट पुनरागमनसँगै जर्मनी पुग्यो नकआउट चरणमा

डिसी नेपाल
१० असार २०७८ २:४६

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ।

एलियान्ज अरिनामा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २ – २ गोलको बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको हो।

जर्मनीका लागि काई हार्भटेज र लियोन गोर्टेज्काले एक एक गोल गरे।

हंगेरीका लागि कप्तान एडम सजलाई र आन्द्रेस सेफेरले एक एक गो फर्काए।

प्रतिस्पर्धात्मक बनेको खेलमा हंगेरीसँग बराबरीको नतिजा निकाल्न जर्मनलाई ठूलो संघर्ष गर्नुपर्यो। दुई पटक हंगेरीले अग्रता बनाए पनि अग्रतालाई कायम राख्न सकेन।

पहिलो हाफको ११ औं मिनेटमा कप्तान एडम सजलाईले उत्कृष्ट गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए।

It's a goal! Roland Sallai sends a long raking pass onto the head of Adam Szalai (Hungary), who makes no mistake from close in and sends the ball into the bottom right corner. 0:1.

दोस्रो हाफको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए।

Goal! Mats Hummels peels away from his marker to connect with the resulting free kick and heads the ball towards Kai Havertz (Germany), who does brilliantly to nod the ball into the net. He makes it 1:1.

त्यसको दुई मिनेट पछि ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए।

Goal! A nice lofted pass into the box by Adam Szalai is pounced on by Andras Schafer (Hungary). His close-range header flashes past Manuel Neuer and into the middle of the goal. 1:2.

खेलको अन्तिम समय ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काए। उक्त गोलले नै जर्मनीलाई नकआउट चरणमा प्रवेश गर्न ठूलो राहत मिल्यो।

Goal! Leon Goretzka (Germany) was in the right place at the right time to get to the rebound inside the box and gleefully rifles the ball low inside the right post. It's 2:2.

समूह ’एफ‘ मा रहेको जर्मनीले बराबरीसँगै नकआउट चरणको यात्रा पक्का गरेको छ। जर्मनी समूह चरणको तीन खेलमा ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ।

Image

बराबरीसँगै हंगेरी भने प्रतियोगिताबाट बाहिरीएको छ। हंगेरीले तीन खेलमा एक अंक जोडेर पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *