फ्रान्स समूह विजेता बन्दा, पोर्चुगल पनि पुग्यो अन्तिम १६ मा

डिसी नेपाल
१० असार २०७८ २:५२

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

पुस्कास स्टेडियममा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २ – २ गोलको बराबरी खेल्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो।

फ्रान्सका लागि करिम बेन्जिमाले २ गोल गरे। पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल फर्काए।

Hugo Lloris (France) makes a rough challenge and Antonio Mateu Lahoz blows his whistle for a foul. The advantage of a penalty kick is given to Portugal.

खेलको ३१ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए।

Image

फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो। जसमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका हुन।

तर, पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पनि पेनाल्टीको अवसर पाएको थियो।

उक्त पेनाल्टी अवसरमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुवाती समय ४७ औं मिनेटमा करिम बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २ – १ को अग्रता दिलाए।

६० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पुन : पोर्चुगललाई खेलमा फर्काए।

Image

जउल्स कउण्डोले पेनाल्टी बक्सभित्र ह्याण्ड बल गरे पछि पोर्चुगलले पेनाल्टी पाएको थियो।

खेलको १७ औं मिनेटमा एम्बाप्पेले गोल गर्ने सुनौलो अवसर पाएका थिए। किपरसँग वान टु वान अवस्थामा उनले प्रहार गरेको बलले गोलपोस्टको दिशा लिन सकेन।

समूह ‘एफ’ मा रहेको डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा पुगेको छ। बराबरीसँगै पोर्चुगल समूह चरणका ३ खेलमा ४ अंक जोडेर समूहको तेस्रो  स्थानमा छ।

विश्व विजेता फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो। स्टार खेलाडीको बर्चस्व रहेको फ्रान्स पोर्चुगलसँगको बराबरीसँगै समूह विजेता बनेको छ।

फ्रान्सले ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *