कोपा अमेरिका फुटबलमा ब्राजिलको संघर्षपूर्ण जित

डिसी नेपाल
१० असार २०७८ ११:३४

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा घरेलु टोलि ब्राजिलले संघर्षपूर्ण जित हात पारेको छ।

बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई १ – ० ले पछि परेको अवस्था उल्ट्याउँदै २ -१ ले पराजित गरेको हो।

ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र कासमिरोले एक एक गोल गरे।

कोलम्बियाका लुइस डियाजले एक गोल फर्काए।

खेलको दशौं मिनेटमा नै डियाजले कोलम्बियालाई १ – ० को अग्रता दिलाएका थिए।

What a goal that is! Juan Cuadrado sends a brilliant cross into the box and Luis Diaz (Colombia) scores a stunning bicycle kick goal! Wow, take a bow gentlemen. 0:1.

प्रतिस्प्रधात्मक बनेको खेलमा अन्तिम समयसम्म ब्राजिललेजितका लागि संर्घष गर्यो।

निर्धारित समयको खेल सकिन १२ मिनेट अघि ७८ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलका लागि बराबरी गोल फर्काए।

Roberto Firmino (Brazil) leaps to meet a beautiful cross and pings a header past the goalkeeper low into the middle of the net.

खेलको इन्जुरी समय १०० औं मिनेटमा नेयमारले उपलब्ध गराएको पासमा कासमिरोले हेडरमार्फत गोल गर्दै ब्राजिललाई २ – १ को जित दिलाए।

Neymar takes over corner duties and expertly finds Casemiro (Brazil), who jumps highest and coolly plants a bullet header into the right side of the goal. The score is now 2:1.

यो जितसँगै ब्राजिलले थप ३ अंक जोडेको छ।

ब्राजिल ३ खेलबाट सतप्रतिसत जितकासाथ ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ।

पराजित कोलम्बिया ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *