अर्को महिना स्पेनमा हुने भनिएको त्रिदेशीय एकदिवसीय सिरिज १ वर्ष पछि सर्‍यो

डिसी नेपाल
१० असार २०७८ १३:०९

काठमाडौं। अर्को महिना अर्थात जुलाइ २०२१ मा स्पेनमा हुने भनिएको नेपालसहित तीन देशको एकदिवसीय सिरिज एक वर्ष पछि सरेको छ । यसअघि आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतको एकदिवसीय सिरिज स्पेनमा हुने तय गरिएको थियो । यसका लागि नेपाली खेलाडीहरु अहिले बन्द प्रशिक्षणमा छन् ।

नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने भनिएको यो सिरिज १ वर्ष पछि अर्थात जुलाइ २०२२ सम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । कोभिड १९ को प्रभावका कारण सिरिज स्थगित गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *