फाइनल हारेपछि विराट कोहलीको नखरा

डिसी नेपाल
१० असार २०७८ १७:३२

काठमाडौं। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि भारतीय कप्तान विराट कोहलीले आफ्ना मुख्य प्रशिक्षक रवि शास्त्रीको बोली पच्छ्याएका छन् । शास्त्रीको सुरमा सुर मिलाउँदै कोहलीले भने ‘विश्वको सर्वश्रेष्ठ टिमको निर्धारण एक फाइनलको आधारमा नभइ बेस्ट अफ थ्री फाइनलमार्फत हुनुपर्छ ।’

कोहलीको यो भनाइलाई ‘बहाना’ वा ‘नखरा’ मानिएको छ । किनकि क्रिकेटका कुनै पनि अन्तर्राष्ट्रिय वा घरेलु प्रतियोगिताको फाइनल बेस्ट अफ थ्रीमा हुँदैन । क्रिकेट मात्र नभइ फुटबलको समेत फाइनल एउटै खेल मात्र हुन्छ । विराट कोहली जन्मिनुभन्दा पहिल्यैदेखि विश्वकप भइरहेका छन् । ती सबैको फाइनल एउटै खेल हुन्छ । तर अहिले हारेपछिको कोहलीको अभिव्यक्तिलाई बहाना मात्रै मानिएको छ ।

कोहलीले खेलपछि म्याच कन्फरेन्समा भने ‘म यसको पक्षधर छैन कि विश्वको सर्वश्रेष्ठ टिमको निर्धारण एक फाइनल खेलबाट होस् । यदि टेस्ट सिरिज हो भने तीन टेस्टमै थाहा हुन्छ कि कुन टिममा कमब्याकको कति क्षमता छ । यस्तो हुँदैन कि २ दिन राम्रो खेल्नुहोस् तैपनि तपाइ अचानक राम्रो टेस्ट टिम रहनुहुन्न । म यो मान्दिन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *