युरो २०२० का नकआउट खेलहरु शनिबारदेखि हुँदै, यस्तो छ समिकरण

उपेन्द्र शाही
१० असार २०७८ १९:२७

काठमाडौं। युईएफए युरोकप फुटबल २०२० को समूचरणका खेलहरु सकिएसँगै आगामी शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन्। नकआउट चरणका खेलहरु ४ दिनसम्म चल्ने छन।

प्रत्येक दिन २ वटा खेलहरु हुने छन। नकआउट चरण भएकाले जित निकाल्ने टोलि क्वाटरफाइनलमा र पराजित हुने टोलि प्रतियोगिताबाट बाहिरीने छ।

युरोकपमा विभिन्न ६ समूहका शीर्ष दुई टोलि गरी १२ टिम र समूहको तेस्रो स्थानमा उत्कृष्ट प्रर्दशन गरेका ४ टिम गरी कूल १६ टिमले नकआउटमा प्रतिस्प्रधा गर्दैछन।

यी हुन नकआउटमा स्थान बनाउने टिम

समूह ‘ए‘ बाट इटली, वेल्स र स्विजरल्याण्डले नकआउट चरणमा स्थान बनाएका छन।

सतप्रतिशत नतिजा निकाल्दै इटली समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्दा वेल्सले उपविजेताका रुपमा नकआउटको यात्रा तय गर्यो।
यही समूहमा रहेको स्विजरल्याण्डले भने उत्कृष्ट प्रर्दशनका आधारमा समूहको तेस्रो स्थानमा रही नकआउटकमा प्रवेश पाएको हो।

समूह ’बी’ बाट बेल्जियम र डेनमार्कले नकआउट चरणमा आफ्नो स्थान सुनिश्चित गरे।

बेल्जियमले सतप्रतिसत नतिजा निकाल्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो। डेनमार्कले भने अन्तिम खेलमा उत्कृष्ट जित निकाल्दै भाग्यको साथ पाएपछि समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको थियो।

समूह ‘सी‘ बाट नेदरल्याण्ड्स, अष्ट्रिया र युक्रेनले नकआउट चरणको यात्रा तय गरे।

समूह विजेताको रुपमा सतप्रतिसत जित निकाल्दै नेदरल्याण्डस् १३ वर्षपछि नकआउट चरणमा प्रवेश गर्दा अष्ट्रियाले पहिलो पटक युरोकपको नकआउट चरणको यात्रा तय गर्यो। युक्रेनले समूहमा तीन अंक मात्र जोडेको थियो। ३ अंक जोडेका अन्य टिम भए पनि गोल अन्तरका आधारमा युक्रेनले नकआउट चरणमा स्थान बनाएको हो।

समूह ‘डी’ बाट इंग्ल्याण्ड, क्रोयशिया र चेक रिपब्लिकले नकआउट चरणको यात्रा तय गरे।

इंग्ल्याण्डले समूह विजेतका रुपमा नकआउट चरणमा स्थान बनाउँदा, अन्तिम खेलमा जित निकाल्दै क्रोयशिया उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश पायो। चेक रिपब्लिकले भने उत्कृष्ट तेस्रो टिमको आधारमा नकआउट चरणमा स्थान पक्का गरेको हो।

समूह ‘इ’ बाट स्विडेन र स्पेनले नकआउट चरणको यात्रा तय गरे।

स्विडेनले समूह विजेताको रुपमा सहजै अन्तिम १६ मा स्थान बनायो। युरोकपको सर्वाधिक सफल टिम स्पेनले भने दबावकाबीच अन्तिम खेल जितेर नकआउट चरणको यात्रा तय गरेको हो।

समूह ‘एफ’ बाट तीन टिम फ्रान्स, जर्मनी र पोर्चुगलले अन्तिम १६ को स्थान पक्का गरे।

‘गुरुप अफ डेथ’ का रुपमा रहेको यो समूहबाट विश्व विजेता फ्रान्सले सहजै नकआउटको यात्रा तय गर्यो।

तर, नकआउटमा स्थान बनाउन डिफेन्डिङ च्याम्पियन पोर्चुगल र २०१४ को विश्व विजेता जर्मनीले ठूलो संघर्ष गर्नु परेको थियो।  समूह चरणबाट बाहिरीए पनि यही समूहमा रहेको हंगेरीले भने उत्कृष्ट फुटबल खेलेको थियो।

 

यी टोलिबीच हुने छ प्रतिस्प्रधा

नकआउट चरणको पहिलो दिन शनिबार वेल्सले डेनमार्कसँग प्रतिस्प्रधा गर्ने छ। जोहन क्रुफ एरिना नेदरल्याण्ड्समा हुने खेल शनिबार राति ९ : ४५ बजे सुरु हुने छ।

सोही दिन हुने अर्को खेलमा इटालीले अष्ट्रियाविरुद्ध खेल्ने छ। इंग्ल्याण्डको वेम्बलिमा हुने खेल शनिबार राति १२ : ४५ बजे सुरु हुने छ।

नकआउट चरणको दोस्रो दिन आइतबार नेदरल्यान्ड्सले चेक रिपब्लिकको सामना गर्ने छ। हंगेरीको पुस्कास एरिनामा हुने खेल आइतबार राति ९ : ४५ बजे सुरु हुने छ।

सोही दिन हुने अर्को खेलमा दुई उपाधि दाबेदार टिम बेल्जियम र पोर्चुगल भिड्ने छन। स्पेनको सेभियामा हुने उक्त खेल आइतबार राति १२ : ४५ मा सुरु हुनेछ।

नकआउट चरणको तेस्रो दिन सोमबार क्रोएसियाले स्पेनको सामना गर्ने छ। डेनमार्कको पार्केन स्टेडियममा हुने खेल सोमबार राति ९ : ४५ बजे सुरु हुनेछ।

सोही दिन हुने अर्को खेलमा विश्व विजेता फ्रान्सले स्विजरल्याण्डको सामना गर्ने छ।  रोमानियाको नेसनल एरिनामा हुने उक्त खेल १२ : ४५ बजे सुरु हुने छ।

नकआउट चरणको चोथो अर्थात अन्तिम दिन मंगलबार इंग्ल्यान्ड र जर्मनी आमने सामने हुने छन। इंग्ल्याण्डले घरेलु मैदान वेम्बलीमा जर्मनीसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेल मंगलबार राति ९ : ४५ बजे सुरु हुनेछ।

नकआउट चरणको अन्तिम खेलमा मंगलबार राति नै स्विडेनले युक्रेनविरुद्ध खेल्ने छ। स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने खेल मंगलबार राति १२ : ४५ बजे सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *