पाराग्वेलाई पराजित गर्दै उरुग्वे दोस्रो नम्बरमा उक्लियो
काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेलाई पराजित गर्दै उरुग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ।
स्ट्याडियो ओलम्पियाकोमा मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १ – ० गोलले पराजित गर्दै उरुग्वे समूहको दोस्रो स्थानमा उक्लिएको हो।
उरुग्वेका लागि एडिन्सन कभानीले एक मात्र निर्णायक गोल गरे।

पहिलो हाफको २१ औं मिनेटमा एन्जेल रोमेरोले डिबक्सभित्र फउल गरेपछि उरुग्वेले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा गोल गर्दै कभानीले उरुग्वेलाई १ – ० को जित दिलाएका हुन।
समूह ’ए’ मा रहेका दुवै टोलि यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका थिए।
जितसँगै उरुग्वेले ४ खेलमा ७ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ। उरुग्वेले क्वाटरफाइनलमा ४ जुलाईमा कोलम्बियासँग प्रतिस्प्रधा गर्ने छ।
पराजित पाराग्वे ६ अंक जोडेर समूहको तेस्रो स्थानमा रहँदै समूह चरणको अन्त्य गरेको छ। अब पाराग्वेले पहिलो सेमिफाइनल खेलमा ३ जुलाईमा पेरुको सामना गर्ने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment