महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय

डिसी नेपाल
१५ असार २०७८ २०:०८
680
Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने र बैठकमा पार्टीभित्र भएको विवादलाई समाधान गर्नेतर्फ केन्द्रित हुने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, महासचिव ईश्वर पोखरेल, प्रदिप कुमार ज्ञवाली, राम बहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, केशव बडाल सहभागी थिए।

गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि फागुन २८ मा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले साविकको एमालेको संरचनामा व्यापक फेरबदल गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसको विरोध गर्दै आएको छ।

केन्द्रीय कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी बनाइएको थियो। तर, सर्वोच्च अदालतले कर्णाली प्रेदशका ४ जना पदमुक्त सांसदलाई पुनःबहाली गर्दै महाधिवशन आयोजक कमिटीको बैधानिकतामा प्रश्न उठाएको छ। त्यसपछि एमालेमा केन्द्रीय कमिटी ब्युँताएर एमालेको विवाद समाधान गर्ने प्रयास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *