एमाले महाधिवेशन आयोजक कमिटीकाे अन्तिम बैठक बालुवाटारमा जारी
काठमाडाैं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा बसिरहेकाे छ। जारी बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ। तर माधव समूहका नेताहरु भने गएका छैनन्।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। आयोजक कमिटी भंग भएसँगै बिहीबार बस्ने
केन्द्रीय कमिटी बैठकमा भने माधव नेपाल वरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने एमालेले जनाएको छ। त्यस्तै, अन्य पदाधिकारीहरूको पनि यथावत जिम्मेवारी हुनेछ। यसअघि, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन भएको थियो।
केन्द्रीय कमिटी ब्युँतिएसँगै नेपालसहित ११ जनामाथिको निष्कासनको कारबाही पनि स्वतः निष्क्रिय हुनेछ। एमालेको केन्द्रीय कमिटी भने २०७५ जेठ ३ अनुसार नै हुने बताइएको छ। माओवादीसँग एकता हुनुपूर्व एमालेले २४१ सदस्य रहेको कमिटी बनाएको थियो।
एमालेकै अन्तिम बैठकले थपेका सदस्य तथा सर्वोच्च अदालतको फैसलाबाट नेकपा भंग भएपछि एकताको भावनाअनुसार एमालेमा समाहित भएका २३ जनासहितको केन्द्रीय कमिटी बैठक बस्ने ओलीनिकट नेताहरूको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment