माधव समूहको स्थायी कमिटी बैठक शुरु

डिसी नेपाल
१७ असार २०७८ १२:२४
168
Shares

काठमडाौं। नेकपा एमालेको माधव समूहको स्थायी कमिटी बैठक शुरु भएको छ। बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक जारी छ। बैठकले विहीबारका लागि बोलाइएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय लिने एक नेताले जानकारी दिए।

माधव समूहमा केही नेताहरु लचक भएर विहीबारको बैठकमा सहभागी हुनुपर्ने पक्षमा छन् भने केही नेताहरु केन्द्रीय कमिटी बैठक पुरानै प्रोडक्टमा नयाँ र्यापर भन्दै भ्रममा पर्न नहुने बताएका छन्।

बैठकमा वरिष्ठ नेता माधब कुमार नेपाल ,भीम रावल, अष्टलक्ष्मी शाक्य ,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, युबराज ज्ञवाली, रघुजी पन्त, घनश्याम भुसाल लगायतको उपस्थित रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *