देउवालाई पूर्वमहान्यायाधिवक्ताको झटारो ‘सरकार बनाउने अबसर गुमाउने अनि गीत गाउने ?’
काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट सुरुमै बहस गरेका पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउने अवसर गुमाएर अहिले गीत गाउदै हिडेको तर्क गरेका छन्।
प्रधानमन्त्री नियुक्तिका विषयमा विभिन्न प्रश्नहरू उठेका बेला खरेलले भने, ‘धारा ७६ को उपधारा २ मा प्रष्ट व्यवस्था छ । शेरबहादुर देउवाले धारा ७६ उपधारा २ को सरकार किन बनाउन सक्नु भएन ?’ संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत जुटाएर सरकार बनाउन सक्ने अवसर र समय दुवै हुँदा पनि देउवाले सरकार नबनाएको यनले बताए ।
७६ (२) बमोजिमको सरकार बनाउने अवसर देउवाले गुमाएपछि ७६ (२) बमोजिमका प्रधानमन्त्री आफैंले विश्वासको मत माग्दा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदमुक्त भएपछि फेरि उकपटक देउवासँग उपधारा २ बमोजिमको सरकार बनाउने अवसर हुँदा पनि देउवाले सरकार नबनाएको उनले तर्क गरे ।
पटक पटक सरकार बनाउने अवसर पाउँदा पनि सरकार नबनाएको भन्दै यनले देउवालाई पयाृप्त सांसदको समर्थन नभएकैले उनले सरकार बनाउन नसकेकोले अहिले देउवाले आफूलाई बहुमत सदस्यको समर्थन छ भन्नु झुटो दावी भएको बताए । ‘सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?’ खरेलले प्रश्न गरे ।
सरकारी वकिलले बुधबार बहस सकेपछि प्रधानमन्त्रीका पक्षबाट बहस शुरु भएको हो। बुधबार प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैलानीले बहस गरेका थिए।
प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्नेछन्। प्रधानमन्त्रीका निजी कानून व्यवसायीका लागि सात घण्टा समय छुट्याइएकामा आजका लागि चार घण्टा ३० मिनेट समय बाँकी छ।
आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो। निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो। उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए।
प्रधानमन्त्री पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन्।
त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन्। जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी)को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिनेछ। उक्त विवादमा ३० रिट निवेदन परेका थिए।
Facebook Comment