एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, माधव नेपाल समूह सहभागी नहुने
काठमाडाैं। सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। एमालेले दशाैं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेकाे थियाे। शुक्रबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
बैठकमा माधवकुमार नेपाल समूहले भने सहभागी नहुने जनाएको छ। पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ।
खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ।
ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्व माओवादीका २० जना सदस्य छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment