कविता : छिट्टै भोलि आउँछ अब

डिसी नेपाल
१९ असार २०७८ ८:३६

रातो रंगमा
रंगिएर
आकास
मलाई
अध्यारोको
इसारा
गर्दै छ।

म भने
सुखद
बिहानीको
परिकल्पनामा
निरलज्ज
बनेर
एकोहोरो
भोली मा
डुबेको
डुबै छु

छिट्टै
भोलि
आऊँछ
अब।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *