कविताः मेराे जन्मदिन

डिसी नेपाल
१९ असार २०७८ ८:४४
96
Shares

आज नौनीलाई आगोमा हालेको दिन
बा खुशिले मुस्काएको दिन
आमा पीडाले मुस्कुराउँदै आँशु झारेको दिन
म आगोमा पोलिदा धेरैका मनोकाङ्क्षा पुरा हुने
बिश्वास गरीएको दिन

आखिर यो पृथ्वी पनि त आगोको गोला त हो
जहाँ दिनहुँ हजारौँका लाखौँ सपनाहरु जलेर
खरानी हुन्छन अनि खरानी गराउछन
लाखौँले आफ्नाहरुको शरिर आर्यघाटमा जलाएर
हो तेहि गोलोमा जल्न जलाउन आएको दिन

बा आमाको बिस्वासले मनको धुरी चढ्यो चढेन
मनोकाङ्क्षाहरु पुरा मैले गर्न सके सकेन
र तेही ऊहाँहरुको विश्वासको टाउको टेकेर
उहाँहरुकै मनोकाङ्क्षाका लागी म डढेको दिन

न आउनुको कारण थाहा छ?
न भोलि उही बाटो फर्किएर जानु पर्ने थाहा छ ?
नबोली, नसुनी आएको तेसै गरी फर्कनु पर्ने छ
तर यो सब कुराबाट
अन्जानमै यस धर्तीमा चिर्र चिच्याउदै म आएको दिन

सधै कहिले नआओस भनेर सोच्ने गरेको दिन
भगवानलाई मलाई किन यहाँ पठाएको सोध्ने दिन
अझ सोध्ने भन्दा पनि शराप्ने दिन
वर्षमा एकपल्ट टुप्लुक्क आईहाल्ने दिन।
आमाको पेटमा हुँदा नौनी हुँदाको मलाई
आगोको यो गोलामा फालिएको दिन
आज मेरो जन्म दिन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *