पत्रकार महासंघलाई स्वास्थ्य सामाग्र्री सहयोग

डिसी नेपाल
१९ असार २०७८ १७:२८
104
Shares

सुर्खेत। राष्ट्रिय खेलकुद महासंघले सुर्खेतका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ। खेलकुद महासंघले नेपाल पत्रकार महासंघलाई एक हजार ५ सय मास्क र दुई बोत्तल सेनिटाइजर सहयोग गरेको हो।

खेलकुद महासंघका केन्द्रीय उपमहासचिव नन्दा बस्याल, प्रदेश संयोजक सुरज थापाले पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई ती सामग्री हस्तान्तरण गरेका छन्।

खेलकुद महासंघका प्रदेश संयोजक सुरज थापाले कोभिडमा अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गर्ने कार्यमा अग्रसर पत्रकारहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री सहयोग गरेको बताए। उनले पत्रकारसहित प्रहरी र स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने जानकारी दिए।

महासंघका केन्द्रीय उपमहासचिव नन्दा बस्यालले पत्रकारहरु पनि कोरोनाबाट संक्रमित हुनसक्ने हुँदा रोकथामका लागि महासंघले सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारहरुलाई पनि सम्झेर स्वास्थ्य सामग्री सहयोग गरेकोमा खेलकुद महासंघलाई धन्यवाद ज्ञापन गरे।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका निवर्तमान उपाध्यक्ष माया थापासहित कार्यसमिति सदस्यहरु विवशकुमार सेजुवाल र पुनम विसीसमेतको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *