इंग्ल्याण्डलाई सुरुवाती अग्रता

डिसी नेपाल
२० असार २०७८ १:३५
152
Shares

काठमाडौं। युईएफए युरो २०२० मा अहिले इंग्ल्याण्डले युक्रेनको सामना गरिरहेको छ।

इटालीको रोममा जारी अन्तिम क्वाटरफाइनल खेलको पहिलो हाफ सकिदा इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको छ।

इंग्ल्याण्डले कप्तान ह्यारी केनको गोलमद्दतमा खेलमा १ – ० को अग्रता बनाएको हो।

Image

खेलको चौथो मिनेटमा रहिम स्ट्रलिङको उत्कष्ट पासमा केनले गोल गर्दै इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका हुन।

पहिलो हाफमा इंग्ल्याण्डले दबाव बनाए पनि दुवै टिमले गोल गर्ने अवसर भने सिर्जना गर्न सकेनन्।

Image

दुवै टिम जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यमा छन।

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। इंग्ल्यान्डले तीन पटकको विजेता जर्मनीलाई २–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

युक्रेनले अतिरिक्त समयमा स्विडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्वाटर फाइनल पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *