घमण्डी सत्तापक्ष, लोभी प्रतिपक्ष र बिचरा जनता – Dcnepal

घमण्डी सत्तापक्ष, लोभी प्रतिपक्ष र बिचरा जनता

मुलुक संटकमा छ। बाढी, पहिरो, डुबानको समस्या निम्तिएको छ। विश्वव्यापी महामारी कोभिडले आक्रान्त पारेकै छ। अघिल्ला वर्षहरुमा यो समय बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपले सताउने गररेकोमा पछिल्ला २ वर्ष कोभिडको महामारी थपिएको छ।

यो महामारीले जनताको घाउमा नुनचुक छरेको छ। जनताको घाउ बीसको उन्नाइस हुन पाएको छैन किनकि उनीहरुको घाउमा मलम लगाउने कोही छैन। हुन त यसअघिको निर्वाचनमा जनताले मत दिएर जनप्रतिनिधि चुनेकै हुन्।

जनता संकटमा परेका बेला ती जनप्रतिनिधि जनताको घाउमा मलम अगाउन अगाडि आउनुपर्ने हो। जनप्रतिनिधिले जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हो। तर, त्यसो हुन सकिरहेको छैन। जनप्रतिनिधि सत्ताकै भागबण्डामा व्यस्त छन्।

जनप्रतिनिधिलाई यसो भनिरहँदा प्रतिपक्षमा रहेकाहरु उचालिने प्रवृत्ति छ। सत्तामा भएकाले केही गरेर भन्दा उचालिएर होमा हो मिलाउँदै विरोधमा उत्रिने प्रतिपक्षीले पनि माखो मारेका छैनन्।

उनीहरु पनि कसरी सत्तामा भएकालाई फालेर आफू सत्तामा जान सकिन्छ भन्ने मात्रै धुनमा छन्। उनीहरु पनि उही ड्याङमै फलेका देखिएका छन्। राजनीतिक किचलोले मुलुकलाई झनै ठूलो समस्यामा पारेको र राजनीतिक कारण समग्र मुलुक संकटतर्फ धकेलिएको साँचो हो। मुलुकलाई दोहोरो संकट परेको यस्तो बेलामा राजनीतिक नेतृत्व संयमित र दूरदर्शी हुनुपर्ने थियो।

एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी नेताहरुप्रति कटाक्ष गर्न छोडेका छैनन्। उनको बोली झनै छुद्र हुँदै गइरहेको छ। समकक्षी सहकर्मीहरुलाई हेप्ने भाषा र शब्द चयनले समकक्षी नेताको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको दूरी बढिरहेको छ। समकक्षीहरुको मन बुझाउनुको सट्टा उनीहरुलाई झन् टाढा पुर्‍याउने काम भइरहेको छ।

तर त्यसो नभएर नेताहरु एक आपसमा कुर्सीको लडाइँमा शक्ति र पदका लागि लगिरहेका छन्। पद र शक्तिका लागि उनीहरु यतिसम्म निकृष्ट भइसकेका छन् कि यसको लागि गैर संवैधानिक, गैर वैधानिक बाटो अपनाउन तयार भइसकेका छन्।

पार्टीका विधान, पार्टीको नीति सिद्धान्त, मूल्यमान्यता सबै कुरालाई छोडेर पदको र शक्तिको लागि एकअर्को द्वन्द्वमा नेताहरु फस्दै जाँदा विधिको शासन भत्किएको छ। मुलुक कमजोर बनेको छ। जनता भयभित छन्, आजित छन्।

२०७२ सालमा जारी संविधानले व्यवस्था गरेको संघीय लोकतन्त्र, संसदीय व्यवस्था, बहुदलीय प्रतिस्पर्धा भत्किएको छ। विधिको शासन संकटमा परेको छ। जताततै बेथिति निम्तिएको छ। र, दुःखका साथ भन्नुपर्छ नेताहरुले जुन संविधानको धज्जी उडाएका छन् त्यो संविधान उनीहरु आफैंले बनाएका थिए।

एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी नेताहरुप्रति कटाक्ष गर्न छोडेका छैनन्। उनको बोली झनै छुद्र हुँदै गइरहेको छ। समकक्षी सहकर्मीहरुलाई हेप्ने भाषा र शब्द चयनले समकक्षी नेताको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको दूरी बढिरहेको छ।

समकक्षीहरुको मन बुझाउनुको सट्टा उनीहरुलाई झन् टाढा पुर्याउने काम भइरहेको छ। पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीको हैसियतमा सबैलाई समेटेर, सबैको सल्लाहबाट मुलुक चलाउन र मुलुकको नेतृत्व लिन सक्नुपथ्र्यो। तर, त्यस्तो काम ओलीबाट भएन।

पार्टी अध्यक्ष पार्टीको अभिभावक हो र प्रधानमन्त्री देशको अभिभावक हो। यस्तो जिम्मेवारीमा आइसकेपछि सबैलाई मिलाएर अगाडि बढ्न सक्नुपथ्र्यो। कि गर्न सक्नुपथ्र्यो, कि छोड्नु पथ्र्यो। तर, न आफूले गर्ने न बाटो छोड्ने प्रवृत्ति देखियो।

नेतृत्वमा बस्नेले इगो र दम्भ पाल्नु हुँदैन। सधैं झगडालु व्यवहार र मुड देखाउनु हुँदैन। आफैं मूली भएर आफैं झगडा गर्ने हो भने अरुले के गर्लान् भन्ने सोच्नुपथ्र्यो। प्रधानमन्त्रीबाटै आफ्ना वरिपरिकालाई भ्रष्टाचार गर्न दिने अनि उनीहरुको संरक्षण गर्ने काम भइरहेको देखिएको छ जुन हुनु हुँदैन। यी काम उहाँले तत्काल बन्द गर्नुपर्छ।

नभए मुलुक झन सकटतर्फ धकेलिन्छ। मुलुकको कार्यकारी पदमा बसेर यस्तो स्वभाव र व्यवहार देखाउन मिल्दैन। यसका लागि उहाँले सच्चिन वा सच्चिनै नसक्ने भए पद छोड्न जरुरी छ। केपी ओलीका विषयमा यसो भन्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेता ठिक छन् भन्ने होइन।

विपक्षी पनि एकसूत्रीय एजेण्डामा छन्– जसरी हुन्छ सत्ता र शक्ति हात पार्ने। यसका लागि उनीहरुले गठबन्धन बनाएका छन् जुन गठबन्धन नै अप्राकृतिक छ। र, अराजनीतिक पनि छ। यो गठबन्धन सिद्धान्त र दिशाहीन छ। सिद्धान्तहीन र दिशाहीन यसकारण कि सत्तामा भएको आफ्नै पार्टीको एक समूह यो गठबन्धनमा छ।

कांग्रेस नेतृत्वले यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने सिद्धान्त र विचार नै नभएको गुटसँग सहकार्य गर्ने हैसियतमा कांग्रेस पुगेकै हो त? के वीपीको सिद्धान्त यही थियो? सुशील कोइरालाको शेषपछि नेपाली कांग्रेस सिद्धान्त र विचारहीन बन्दै गइरहेको छ भन्ने विश्लेषकको ठम्याइलाई अहिलेको कांग्रेस नेतृत्वले सही प्रमाणित गरिरहेको छ।

यो यस्तो गुट हो जसले सत्तामा रहेको आफ्नै पार्टीको विरोध गर्छ तर पार्टी त्याक्ने हिम्मत देखाउन सक्दैन। पार्टी विचारले बन्ने हो। त्यही विचार र सिद्धान्तका आधारमा पार्टीले जनतासँग मत माग्ने हो र जनताले विश्वास गरे देशकै नेतृत्व गर्ने हो। विचार मिल्दैन भने पार्टीबाट अलग हुने हो।

विचार मिल्दैन भन्दै त्यही पार्टीमा लिसोझैं टाँसिने एउटा झुण्डसँग देशलाई नै नेतृत्व दिँदै आएको दल नेपाली कांग्रेस पनि सहकार्य गर्न पुगेको छ जुन पटक्कै सुहाउने कुरा होइन।

कांग्रेस नेतृत्वले यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने सिद्धान्त र विचार नै नभएको गुटसँग सहकार्य गर्ने हैसियतमा कांग्रेस पुगेकै हो त? के वीपीको सिद्धान्त यही थियो? सुशील कोइरालाको शेषपछि नेपाली कांग्रेस सिद्धान्त र विचारहीन बन्दै गइरहेको छ भन्ने विश्लेषकको ठम्याइलाई अहिलेको कांग्रेस नेतृत्वले सही प्रमाणित गरिरहेको छ।

यसरी सत्ता स्वार्थको मात्र गठबन्धन बनाउनु नितान्त बेठिक हो र दुर्भाग्य हो। मुलुकको समस्या समाधान गर्ने योजना के छ गठबन्धनसँग? राजनीतिक द्वन्द्वको समाधान गर्ने योजना के?

छिमेकीहरु र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधारमा, विश्वव्यापी महामारी कोभिडको विषयमा, दैवीप्रकोप, बाढी पीडितको उचित व्यवस्थापन, राहत र पुन:स्थापनाको सम्बन्धमा योजना खै? आज देखिएको तल्लो तहदेखि माथिल्लो तहसम्म राजनीतिक किचलो र द्वन्द्व निराकरण गर्नको लागि विपक्षी गठबन्धनको योजना के हो?

‘मैले सत्ता पाए सब ठिक हुन्छ’ भन्ने बाहेक अरु कुनै जवाफ छ? यी समस्यालाई मुद्दा बनाएर कति पटक बैठक बस्यो विपक्षी गठबन्धनको? विपक्षी गठबन्धनको बीचमा भाव योजनका विषयमा कतिपटक छलफल भयो? ‘केपी ओलीलाई पदमुक्त गराउने’ एकसूत्रीय एजेण्डा बोकेर बनाइएको गठबन्धनलाई जनताले के भन्ने ? के चुनावमा जाँदा पनि यही एजेण्डा लिएर जाने?

अरु जेसुकै होस् केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बन्न दिँदैनौं भोट दिनुस् भन्ने? प्रश्न सिधा भयो त्यसैले यसको उत्तर सिधै ‘हो’ भनेर दिन विपक्षी गठबन्धनलाई लाज लाग्ला तर वास्तविकता त्यही हो, विपक्षी गठबन्धन त्यही बाटोमा छ।

अब गठबन्धनले मिलिजुली सरकार बनाएर राज्य र जनतालाई दोहन गर्ने, त्यसका लागि संविधान विपरितका गतिविधिलाई बढावा दिने, दलीय मूल्य मान्यताका विपरित जाने, संघीय लोकतन्त्रलाई कमजोर बनाउने अर्थात संसदीय व्यवस्था, बहुलीय व्यवस्था, संविधान र दलीय मूल्य मान्यता सबैलाई कुल्चिएर केवल कुर्सी, शक्ति पदका आडमा मुलुकलाई दोहन गर्ने र व्यक्तिगत र पारिवारिक आकांक्षा पूर्ण गर्ने जस्ता कुराहरु लुकाउन खोजिएका छन् जुन लुक्न सक्ने अवस्थामा भने छैनन्।

केवल केपी ओलीलाई पदमुक्त गराउनका लागि मात्रै गठबन्धन बनेको छ। गठबन्धनमा केपी ओलीलाई सघीय चुनावमा हराउनका लागि यही गठबन्धन जारी राख्ने सहमति पनि भएको कुरा बाहिरिएको छ।

आगामी संसदीय चुनावमा पाँच दलले सिट तालमेल गर्ने, त्रिशंकु संसद बनाउने, मिलिजुली सरकार बनाउने कुरामा सहमति भएको खबर बाहिरिएको छ। यी त सहमतिमा लिपिबद्ध रुपमै लेख्न सकिने सहमति भए।

यसबाहेक सिधै भन्न नमिल्ने सहमतिहरु पनि भएका छन् जुन जनतालाई भन्न मिल्दैन। जनताले बुझ्दैनन् भन्ने उनीहरु ठान्छन् तर जनतालाई थाहा छ।

अब गठबन्धनले मिलिजुली सरकार बनाएर राज्य र जनतालाई दोहन गर्ने, त्यसका लागि संविधान विपरितका गतिविधिलाई बढावा दिने, दलीय मूल्य मान्यताका विपरित जाने, संघीय लोकतन्त्रलाई कमजोर बनाउने अर्थात संसदीय व्यवस्था, बहुलीय व्यवस्था, संविधान र दलीय मूल्य मान्यता सबैलाई कुल्चिएर केवल कुर्सी, शक्ति पदका आडमा मुलुकलाई दोहन गर्ने र व्यक्तिगत र पारिवारिक आकांक्षा पूर्ण गर्ने जस्ता कुराहरु लुकाउन खोजिएका छन् जुन लुक्न सक्ने अवस्थामा भने छैनन्। यदि यत्तिका लागि मात्रै विपक्षी गठबन्धन हो भने आउने दिनमा जनताले विद्रोह गर्छन।

मुलुकमा अर्को शक्ति जन्मिन्छ। मुलुक र जनताले दुःख पाउन सक्छन्। सत्ता पक्षसँग दम्भ छ। जसरी पनि अरु सबैलाई बाइकट गरेर अगाडि बढ्ने र मनलाग्दा निर्णय गर्ने प्रवृत्ति सत्तापक्षमा छ। पछिल्लो ६ महिनाको अवधिमा सत्ताले गरेका कैयौं निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको उदाहरणले नै सत्तापक्ष मैले जे पनि गर्न सक्छु भन्ने दम्भबाट ग्रस्त छ भन्ने प्रस्ट हुन्छ। अर्कोतर्फ विपक्षी पनि उस्तै छन्।

सत्तामा भएकाले जे गरिरहेका छन् उसलाई फालेर म सत्तामा जान्छु र त्यही गर्छु भन्ने सोच प्रतिपक्षमा पनि छ। प्रतिपक्ष पनि सत्ताकै लागि लडिरहेको छ। अब यो विपक्षी गठबन्धन र सत्तापक्ष ओली प्रवृत्ति बेलैमा सच्चिन अति जरुरी भइसकेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो