इंग्ल्याण्ड र डेनमार्कबीचको पहिलो हाफमा १ – १ गोलको बराबरी
काठमाडौं। युईएफए युरो २०२० फुटबलमा दोस्रो सेमिफाइनलमा अहिले इंग्ल्याण्डले डेनमार्कको सामना गरिरहेको छ।
वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा १ – १ गोलको बराबरीमा भएको छ।
मिक्केल ड्याम्सगार्डले खेलको ३० औं मिनेटमा गोल गर्दै डेनमार्कलाई १ – ० को अग्रता दिलाएका थिए। ड्याम्सगार्डले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन।
तर, खेलेको ३९ औ मिनेटमा आत्मघाती गोल उपहार पाएको इंग्ल्याण्डले १ – १ गोलको बराबरी बनाएको छ। इंग्ल्याण्डले साइमन केजरको आत्मघाती गोलमा बरबरी बनाएको हो।
पहिलो हाफको ३८औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्ने सुनौलो अवसर पाएका थिए। गोलकिपरसँग वान टु वानमा उनले पाएका अवसरमा गोल गर्न चुके।
दुवै टिम यो खेल जित्दै फाइनल पुग्न चाहान्छन।
इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै २५ वर्षपछि अन्तिम चारमा पुगेको हो।
डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment