इतिहास रच्दै इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

डिसी नेपाल
२४ असार २०७८ ३:२१

काठमाडौं। इंग्ल्याण्ड इतिहास रच्दै पहिलो पटक जारी युरोकपको फाइनलमा प्रवेश गरेको छ।

वेम्बली स्टेडियममा बुधबार राति सम्पन्न खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २ – १ गोलअन्तरले पराजित गर्दै घरेलु टोलि इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा प्रवेश गर्न सफल भएको हो।

Image

इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे। इंग्ल्याण्डले एक गोल भने उपहार पाएको थियो।

डेनमार्कका लागि मिक्केल ड्याम्सगार्डले एक गोल गरे।

खेलमा सुरुवाती अग्रता भने डेनमार्कले लिएको थियो। ड्याम्सगार्डले खेलको ३० औं मिनेटमा गोल गर्दै डेनमार्कलाई १ – ० को अग्रता दिलाएका थिए। ड्याम्सगार्डले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए।

Image

तर, खेलेको ३९ औ मिनेटमा आत्मघाती गोल उपहार पाएको इंग्ल्याण्डले १ – १ गोलको बराबरी बनाएको थियो। इंग्ल्याण्डले साइमन केजरको आत्मघाती गोलमा बरबरी बनाएको थियो।

Image

अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए। उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन्।

Image

डेनमार्कका जोकिम महेलाले पेनाल्टी बक्सभित्र रहिम स्ट्रलिङलाई फउल गरेपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो। केनले उक्त पेनाल्टी अवसरमा गोल गरेका हुन।

तुलनात्मक रुपमा डेनमार्कभन्दा इंग्ल्याण्डले धेरै गोल गर्ने अवसर सिर्जना गरेको थियो।

पहिलो हाफको ३८ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्ने सुनौलो अवसर पाएका थिए। गोलकिपरसँग वान टु वानमा उनले पाएका अवसरमा गोल गर्न चुके।

Image

दोस्रो हाफको ५५ औं मिनेटमा ह्यारी मग्वायरको हेडर डेनमार्कका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए।

अतिरिक्त समयको ९४ औं मिनेटमा ह्यारी केनले प्रहार गरेको बल पनि डेनमार्कका गोलकिपर कास्पर स्माइकले बचाव गरेका थिए।

सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन।

युरोकप १९६८ र १९९६ मा सेमिफाइनल पुगेको इंग्ल्याण्डले फाइनलमा प्रवेश गर्न सकेको थिएन।

Image

अब इंग्ल्याण्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएर फाइनल प्रवेश गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *