एभरेष्ट प्रिमियर लिगले पायो आईसीसीको मान्यता

डिसी नेपाल
२४ असार २०७८ १८:१६

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।

आयोजकले बिहीबार एक विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगितालाई आईसीसीले मान्यता दिएको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस अघि नै प्रतियोगिता आयोजनाको लागि अनुमति दिईसकेको छ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ । यस अघि चौंथो संस्करणको प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तालिका रहेको थियो । तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *