एएफसी यू–२३ एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा

डिसी नेपाल
२५ असार २०७८ १७:२२

काठमाडौं । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । ताजिकिस्तानमा हुने समूह बी छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *