कोपा अमेरिकाको फाइनलमा भिड्दै छन अर्जेन्टिना र ब्राजिल अर्थात मेस्सी र नेयमार

डिसी नेपाल
२५ असार २०७८ २०:१०

काठमाडौं। ४७ औं संस्करणको कोपा अमेरिका फुटबलमा दुई चिरपरिचित प्रतिद्व्न्द्वी ब्राजिल र अर्जेन्टिना भिड्दै छन। ब्राजिलमा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समयय अनुसार आइतबार बिहान ५ :  ४५ बजे सुरु हुनेछ।

दुवै टोलि समूहचरणबाट अपराजित रहँदै फाइनलमा पुगेका हुन। सेमिफाइनलमा ब्राजिलले पेरुलाई १ – ० गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको थियो। यस्तै अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३ – २ गोलले हराएर फाइनल प्रवेश गरेको हो।

फिफा वरियतामा अर्जेन्टिना ८ नम्बरमा रहेको छ भने ब्राजिल तेस्रो स्थानमा छ। दुवै टिममा विश्वका चर्चित क्लबहरुबाट फुटबल खेल्ने स्टार खेलाडीको बर्चस्व रहेकोले पनि खेल रोमान्चक हुने अनुमान गरिएको छ।

डिफेन्डिङ च्याम्पियन ब्राजिल घरेलु मैदानमा अजेन्टिनाविरुद्धको फाइनल खेल जित्दै उपाधि घरमै राख्ने दाउमा मैदान उत्रिने छ। ब्राजिलले हालसम्म ९ पटक कोपा अमेरिकाको उपाधि हासिल गरेको छ। जसमा पछिल्लो पटक सन् २००४ र  २००७  मा अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो।

यस्तै अर्जेन्टिनाले हालसम्म १४ पटक कोपा अमेरिकाको उपाधि हासिल गरिसकेको छ। सन् १९१६ मा आयोजित पहिलो संस्करणमा घरेलु मैदानमा पराजित बन्दै उपविजेता बनेको अर्जेन्टिनाले उपाधि जित्न नसकेको २८ वर्ष वितिसकेको छ। अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा अमेरिकाको उपाधि हात पारेको थियो। त्यसयता अर्जेन्टिनाले ठूला प्रतितोयोगिता जित्न सकेको छैन।

कोपाको ४७ औं संस्करणसम्म आइपुग्दा नकआउट फर्म्याटमा यी दुई टोली चौथो पटक फाइनल खेल्न लागेका हुन्। जसमा १९३७ मा अर्जेन्टिना विजयी भएको थियो भने २००४ र २००७ मा ब्राजिलले जित हासिल गरेको थियो।

 

मेस्सी र नेयमारको भिडन्त

यी दुइ टोलिबीचको फाइनल खेलमा दर्शकको आँखा भने समकालीन दुई सुपरस्टार मेस्सी र नेयमारको खेलमा हुनेछ।क्लब फुटबलमा स्पेनिस लिग बार्सिलोनामा सँगै खेलेका यी दुई खेलाडी पूर्व सहकर्मी हुन।

तर, आइतबार हुने खेलमा भने मेस्सी र नेयमार आफ्नो देशका लागि एकापसमा भिड्दैछन्। दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन्।

Messi: Argentina 'fighting' for Copa America glory - Chinadaily.com.cn

महान खेलाडीको दर्जामा गनिने ३४ वर्षिया लियोनल मेस्सीका लागि भने यो खेल अझ महत्वपूर्ण र खास रहेको छ। उनलाई बारम्बार देशका लागि नभएर क्लबका लागि मात्रै फुटबल खेल्ने गरेको आरोप लाग्दै आएको छ।

इतिहासले पनि मेस्सीलाई भाग्यले साथ नदिएको देखाउँछ। मेस्सीले सन् २००७, २०१५ र २०१६ को कोपा फाइनल हारेका छन्। यस्तै २०१४ को विश्वकपमा पनि फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो।

सन् २०१८ मा सम्पन्न विश्वकपमा अर्जेन्टिना फ्रान्ससँग ४ – ३ गोल अन्तरले पराजित हुँदै अन्तिम १६ बाट बाहिरीएको थियो। त्यसबेला मेस्सीले निकै ठूलो आलोचना सहनु पर्यो। यतिसम्मकी उनले आलोचनापछिको आत्मगलानीले राष्ट्रिय टिमबाट सन्यास लिनेसम्म बताएका थिए।

यद्यपी यो संस्करणको कोपा अमेरिकाको लागि अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका मेस्सीले जारी प्रितियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन। उनले यस सिजन ४ गोल गर्नुका साथै ५ गोलका लागि ‘असिस्ट’ अर्थात अवसर बनाएका छन्। दुवै विधामा उनी शीर्ष स्थानमा छन्।

Copa America: Neymar and his mission to keep 'samba' alive - The Week

यस्तै २४ वर्षिया नेयमार पनि घरेलु टोलिलाई उपाधि दिलाउन चाहान्छन। दुई वर्षअघि ब्राजिलले कोपा अमेरिकाको उपाधि जित्दा उनी चोटका कारण टिमबाट बाहिरीएका थिए।

२९ वर्षिया नेयमार पहिलो पटक आफ्नो उत्कृष्ट प्रर्दशनमा टिमलाई उपाधि दिलाउन चाहान्छन।

नेयमार जारी प्रतियोगितामा २ गोल र ३ असिस्ट गरेर गोल्डेन बुट विजेताको सूचिमा तेस्रो नम्बरमा छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *