दर्शकबिना नै हुने भयो टोकियो ओलम्पिक, टोकियोलगायतका तीन क्षेत्रमा आतपकाल लगाइँदै

डिसी नेपाल
२६ असार २०७८ १८:४६

टोकियो। यही जुलाई २३ देखि ८ अगस्टसम्म जाापनको टोकियोमा हुने खेलकुदको महाकुम्भ ओलम्पिक दर्शकले प्रत्यक्ष रुपमा हेर्न नपाउने भएका छन्। गत वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष सरेको थियो। एक वर्ष सरेर हुन लागेको ओलम्पिकमा दर्शकले भने स्टेडियममा प्रवेश नपाउने भएका हुन्। कोरोना महामारी कै कारण दर्शकबिना नै खेलहरु हुने भएका छन्।

कोरोना भाइरसको डेल्टा भ्यारिएन्टका कारण जापानमा दैनिक संक्रमण उच्च गतिमा बढ्न थालेपछि जापान सरकारले यहीं जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियो र छिमेकका खानागावा, चिबा र साइतामा प्रिफेक्चरमा आपतकाल लगाउने घोषणा गरेको छ।

ओलम्पिक सम्बद्ध एक बैठकपछि टोकियोकी गभर्नरले आपतकाल लगाइने जानकारी दिएकी हुन्। यो निर्णयसँगै अब घरेलु दर्शकले पनि ओलम्पिक प्रतियोगिता घरमै टिभिमा हेर्नुपर्ने भएको छ।

जापानको रणनीति ओलम्पिक्स भर आपतकाल लगाएर विदेशी नागरिकबाट कोरोना भाइरस नसरोस भन्ने रहनेछ। आपतकालको घोषणा भने प्रधानमन्त्री योशिहिदे सुगाले गरेका हुन्। दर्शकमाथि प्रतिबन्ध लगाउनेबारे भने जापानी ओलम्पिक आयोजकहरु, र अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय पाराओलम्पिक समिति र टोकियो महानगर सरकारले सहमति जनाइसकेका छ्न्।

विदेशी दर्शकहरुलाई पहिला केही महीना अघि नै प्रतिबन्ध लगाइ सकेको छ। नयाँ आपतकाल लागेपछि टोकियो र छिमेकका तीन प्रिफेक्चरमा हुने प्रतियोगितामा इन्डोर आउटडोर दुबै स्थलमा दर्शक आउन पाउने छैनन्। दर्शकलाई नराख्ने निर्णय अति कठिन भएको आयोजक समितिकी अध्यक्ष सेइको हाशिमोतोले बताएकी छन्।

ओलम्पिक्स हुन्छ कि हुँदैन, हुदा दर्शकले प्रतियोगिता हेर्न रंगशालामा जान पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा आमजनतामा थियो। अब त्यो जिज्ञासा समाप्त भएको छ। गभर्नर युरिको कोइकेले बैठकपछि मानिसहरु रंगशालामै आएर प्रतियोगिता हेर्न आशमा रहेको भए पनि अब भने सबैजना घरमै बसेर टिभिमा प्रतियोगिताको मनोरञ्जन लिउन् भन्दै अनुरोध गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *