मेस्सी बने कोपाको सर्वोत्कृष्ट खेलाडी र गोलकर्ता

डिसी नेपाल
२७ असार २०७८ ९:१९

काठमाडौं। अर्जेन्टिना कप्तान लियोनल मेस्सी ४६ औं संस्करणको कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

आफ्नो कप्तानी र खेल जिवनमा अर्जेन्टिनालाई पहिलो अन्तराष्ट्रिय उपाधि दिलाएका मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित बन्न सफल भएका हुन।

माराकाना स्टेडियममा आइतबार बिहान ब्राजिललाई १- ० गोलले हराएर अर्जेन्टिनाले उपाधि चुमेको थियो।

Image

यो सिजन मेस्सीले उत्कृष्ट प्रर्दशन गरेका थिए। मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्।

मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट अर्थात गोलका लागि अवसर समेत बनाएका थिए।

उक्त अवसरमा मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पारे। डियाजले ५ खेलमा ४ गोल गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *