इंग्ल्याण्ड र इटालीबीचको फाइनल खेल अतिरिक्त समयमा धकेलियो

डिसी नेपाल
२८ असार २०७८ २:४२

काठमाडौं। युईएफए युरो २०२० को उपाधिका लागि अहिले इंग्ल्याण्ड र इटालीबीच प्रतिस्प्रधा भइरहेको छ।

वेम्बली स्टेडियममा जारी खेलको निर्धारित समयको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ।

खेलको सुरुवाती समय दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए। केइरन ट्रिपेएरको पासमा शले उत्कृष्ट गोल गर्दै घरेलु टोलिलाई महत्वपूर्ण अग्रता दिलाएका थिए।

Image

तर, लियोनार्डो बोनुचीले दोस्रो हाफको ६७ औं मिनेटमा गोल गर्दै इटालीलाई १ – १ गोलको बराबरी दिलाए। रिबाउण्डमा प्राप्त बललाई हेडरमार्फत गोल गर्दै बोनुचीले इटालीलाई खेलमा फर्काएका हुन।

Image

दुवै टोलि यो खेल जित्दै उपाधि जित्न चाहान्छन।

इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इटालीसँगको फाइनल भेट पक्का गरेको हो। इंग्ल्यान्डले सोचे जस्तो प्रर्दशन गर्न नसके पनि डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो।

यस्तै इटालीले सेमिफाइनलमा तीन पटकको युरोपियन च्याम्यिन स्पेनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। रोमान्चक खेलमा स्पेनलाई ४ – २ गोलले पराजित गर्दै इटालीले फाइनलको यात्रा सुनिश्चित गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *