रोनाल्डोले जिते युरोकपको पहिलो गोल्डेन बुट

डिसी नेपाल
२८ असार २०७८ १०:००
484
Shares

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबलको गोल्डेन बुट क्रिस्टियानो रोनाल्डोले जितेका छन।

स्टार स्ट्राइकर तथा पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले चोथो संस्करण युरो खेले पनि पहिलो पटक गोल्डेन बुट जित्न सफल भएका हुन।

यद्यपि उनलको टिम पोर्चुगल भने युरो २०२० को प्रि – क्वार्टरफाइनलबाट नै बाहिरिएको थियो।

यसपटक रोनाल्डोले खेलेका सबै ४ खेलमा गोल गर्दै आफनो नाममा ५ गोल र एक एसिस्ट गरेका थिए।

उनले चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा गरेका हुन।

शिकले पनि समान ५ गोल गरेका थिए। तर, शिकले एक एसिस्ट कम गरेका कारण रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *