इटालीका गोलकिपर जियानलुइजी बने युरोकपको सर्वोत्कृष्ट खेलाडी

डिसी नेपाल
२८ असार २०७८ १०:१४
328
Shares

काठमाडौं। इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युईएफए युरो २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन्। उनले नै आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई हराउन निर्णायक प्रर्दशन गरेका थिए।

जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर समेत बनेका छन्।

जियानलुइजीले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका छन। उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *