गौरिकाले टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने

डिसी नेपाल
२९ असार २०७८ १७:०१

काठमाडौं । नेपालकी पौडीवाज गौरिका सिंहले जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको छ ।

गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बनेकी थिइन् । यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् । टोकियो ओलम्पिकमा पौडीबाट गौरिकासँगै एलेक्जेन्डर शाह (एलेक्स) एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *