आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने ‘स्नेक म्यान’ले कोब्रालाई किस गर्न खोज्दा जिब्रोमा टोकेर मृत्यु

डिसी नेपाल
३१ असार २०७८ १५:०९

काठमाडौं। आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने फिलिपिन्सका ‘स्नेक म्यान’को कोब्राले टोकेर मृत्यु भएको छ । बताइएअनुसार उनले कोब्रालाई किस गर्न खोजेका थिए । त्यही क्रममा कोब्राले उनको जिब्रोमा टोकिदिएपछि उनको मृत्यु भएको हो । ६२ वर्षका बर्नार्डो अल्भारेजले जुलाइ ९ का दिन आफ्नो मृत्युभन्दा केही समय पहिले मात्र त्यो नर्दर्न फिलिपिन कोब्रालाई पांगासिनान प्रान्तको मांगाल्दान सहरमा समातेका थिए ।

सहरमा आएको सर्पलाई उनले यसरी समातेपछि उनलाई भिडले हौसला दिएका थिए । भिड उत्साहित भएको देखेपछि उनी झनै हौसिए र उनले सर्पलाई किस गरेजस्तै गरी उसलाई आफ्नो अनुहारको नजिकै लगे । तर, अचानक कोब्राले उनको जिब्रोमा टोकिदियो । यो सर्प विश्वकै सबैभन्दा विषालु सर्पमध्येमा पर्छ । सर्पले हचानक टोकेपछि आत्तिएका उनले चिच्याए र भुइँमा ढले, एकैछिनमा उनको मृत्यु भयो ।

प्रान्तीय स्वास्थ्य अधिकारी डा. अन्ना डि गुजम्यानले भने ‘यो सर्पको विषले मानिसलाई प्यारालाइज गराउँछ र उनलाई पनि त्यही भएको थियो । यो प्यारालाईसिसले पीडितको श्वास प्रश्वास रोक्न सक्छ जसले उसको शरीरमा अक्सिजनको संचार बन्द हुन्छ र अचानक मुटुको धड्कन रोकिन्छ ।’ चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेका थिए तर त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो ।

चिकित्सकहरुले पीडितको सिधै श्वास प्रश्वास प्रणालीमै सर्पले आक्रमण गरेकोले विषको असर अत्यन्तै घातक रुपमा परेको पुष्टि गरे । घटनास्थलमै रहेकी बर्नार्डोकी बहिनी तेरेसा ओकाले भनिन् ‘एक पुलिसकर्मी र एक डाक्टर उनलाई हेर्न आए अनि उनको नाडी नचलेको भन्दै सास चलाउने प्रयास गरिरहेको बताए । कोब्राको विष अत्यन्तै कडा भएकोले उनीहरु सफल भएनन् । हामीलाई थाहा छैन हामीले यो कसरी स्वीकार गर्न सक्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *