इंग्ल्याण्डमा रहेका भारतीय क्रिकेटर ऋषभ पन्त कोरोना संक्रमित
काठमाडौं। इंग्ल्याण्डसँगको टेस्ट सिरिजका लागि इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका विकेट किपर ऋषभ पन्त कोरोना संक्रमित भएका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अधिकारीले पन्त कोरोना संक्रमित भएको पुष्टि गरेका छन्।
पन्तसँगै एक कोचिंग स्टाफ पनि संक्रमित भएका छन्। दुईजना संक्रमित भएपछि अर्का विकेट किपर ऋद्धिमन शाह र एक कोचिंग स्टाफ आइसोलेशनमा रहका छन्। कोरोना संक्रमित भएपछि पन्तले यही २० ताखिरबाट हुने अभ्यास खेल खेल्न नपाउने भएका छन्। उनीसँगै शाहले पनि अभ्यास खेल खेल्न नपाउने भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment