सावित्राको घुँडाको सफल शल्यक्रिया

डिसी नेपाल
३१ असार २०७८ २१:२०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा आज उनको घुँडाको शल्यक्रिया गरिएको हो । भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । दश दिनको क्वारेन्टिनपछि उनी यसैसाता उपचारका लागि अस्पताल भर्ना भएकी थिए । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छन् । सो लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *