कोरोना कारण महिला भलिबल टोली एसियन च्यान्पियनसिपमा सहभागी हुन नपाउने

डिसी नेपाल
१ साउन २०७८ १७:१२

काठमाडौं । नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ । नेपाल भलिबल संघले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको कारण महिला टोलीले च्याम्पियनसिप खेल्न नपाएको बताएको छ ।

फिलिपिन्स सरकारले कोरोना कारण नेपाल र भारतलाई च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने भएकाले टोलीले खेल्न नपाउने भएको हो । योसँगै असार १ गतेबाट जारी रहेको बन्द प्रशिक्षण स्थगित भएको छ । नेपालसँगै भारतले पनि उक्त च्याम्पियनसिप खेल्न नपाउने भएको छ ।

सियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ । एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपे, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *