वाणीकाे सभ्यतामा स्खलन – Dcnepal

वाणीकाे सभ्यतामा स्खलन

आजको युग सूचना र प्रविधिको युग हो। प्रविधिका माध्यमबाट सूचनामा सबैभन्दा बढी पहुँच हुने राष्ट्रले नै आर्थिक तथा सामरिक सफलता हासिल गरिरहेका छन्। अमेरिका र युरोपको सूचनाको पहुँच क्रमशः चीन, भारत र अन्य एसियाली राष्ट्रतर्फ पनि सर्दैछ।

सूचना र प्रविधिको प्रयोगबाट विश्व अहिले एउटा सानो गाउँ सरह भएको छ। संसारका जुनसुकै कुनाका राम्रा, नराम्रा समाचारहरू निमेषभरमा औँलाका टुप्पाकै भरमा हाम्रो पहुँचमा छन्।

फेसबुक, ट्वीटर, युट्युव तथा इस्टाग्रामजस्ता सामाजिक सञ्जालका कारण हामी छिनभरमै संसारको यात्रा गरिरहेका हुन्छौं। समाचार, घटना, भिडियो क्लिप, डकुमेन्ट्री, सिनेमा, लेख, खुला जर्नल आर्टिकल, खुला अनलाइन पुस्तक तथा अन्य सामाग्रीहरू अव हाम्रा लागि अपरिचित रहेनन्।

इन्टरनेटको प्रयोगले हामीलाई क्षणभरमा नजानेको वा नसुनेको कुरा तुरुन्त ब्राउज गरेर हेर्न र तत्काल ज्ञानलिन सजिलो भएको छ। मान्छेलाई जागरूक र सचेत बन्न मद्दत पुगेको छ। तर यसको दुरुपयोग भयो भने यसले व्यक्तिलाई मात्र नभएर समाज र राष्ट्रलाई दीर्घकालसम्म पनि हानी गर्ने निश्चित छ।

आफूले सम्मान पाउँन अरूलाई पहिले सम्मान गर्नुपर्छ। अरूलाई चोर औलोले औँल्याएरपख्लास्भन्नु भन्दाअघि बाँकी चार औँलाले आफैलाई चार गुणा बढी पख्लास् भनिरहेका हुन्छन्। आकाशतिर फर्केर थुक्दा थुकको छिटा आफैलाई पर्छ। अरूलाई दिएको गाली अझ तीव्रसँग आफैतिर परावर्तन भएर आउँछ।

अथवा भनौं अरूलाई गाली गर्दा त्यसको प्रतिकृयास्वरूप आफूले त्यो भन्दा बढी गाली खानुपर्छ भन्ने हेक्का हुनुपर्छ। न्यूटनको तेस्रो नियमले भनेझैँ हरेक क्रियाको त्यतिकै मात्रामा विपरीत प्रतिक्रिया हुन्छ। तसर्थ गालीको भाषाले गाली निम्त्याउँछ भने सौम्य भाषाले सौम्यता नै।

हामीले गर्ने हरेक पेशा, व्यवसाय तथा कार्यका आफ्नै मर्यादा, शिष्टाचार, संस्कार र सभ्यता हुन्छन्। बोली, व्यवहार, चाल, चलन, रीति, रिवाज, वेषभूषा, रहनसहन, उठबस, हिँडाइ, आनीबानी, सोचाइ, अभिव्यक्ति, लेखाइ आदिले मान्छेका संस्कार र सभ्यताको पहिचान दिइरहेको हुन्छ। पहिलो भेटको मीठो बोलीमा नै मान्छेको गरिमा पक्कै पनि झल्किएको हुन्छ। पहिलो भेटमै कान बिझाउने बोली सुनिएमा हामी मित्रता गर्न समेत हच्किन्छौं।

समग्रमा व्यक्ति, परिवार, समाज,समुदाय र देशको संस्कार र सभ्यता त्यो देशका मानिसले बोल्ने शब्द र लेख्ने भावनामा समेत निहित हुन्छ। तर अहिले नेपालको राजनीतिक अवस्था दिनानुदिन असहिष्णु बनिरहेको छ। राजनीतिमा प्रयोग गरिने भाषा उच्च संस्कारयुक्त, सम्मानजनक र सभ्य हुनु राम्रो मानिन्छ।

अझ प्रजातान्त्रिक परिपाटीमा त आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारप्रति सचेत हुनुपर्छ। भाषाको प्रयोगमा पनि यो लागू हुन्छ। छुद्र भाषामा मुटु छिनाल्ने धार हुन्छ। यसले मान्छेका मनहरूलाई भाँचिदिन्छ। हृदय छियाछिया बनाइदिन्छ। रिस, राग, इख र प्रतिशोधको वर्षा गराउँछ। अहिले नेपालमा यस्तै भइरहेको छ।

हाम्रा अनलाइन मिडियाहरूको तीव्रतर परिमाणात्मक वृद्धिका कारण हामीमा सूचनाको पहुँच सहज छ। भविष्यमा गुणात्मक पहुँच पनि हुने विश्वास छ। संसारको जुनसुकै कुनामा बसेर पनि हामीले नेपाल हाँक्ने नेताहरूको छिनछिनमा लाइभ भाषण हेरिरहेका हुन्छौं।

नेताहरूले आवेगमा आएर जथाभाबी बोल्दा यसले समाजलाई विग्रहतर्फ लगिरहेको हामीले हेक्का गरिरहेका छौं तर नेताज्यूहरूले यस्तो महसुस गर्नुभएको छ जस्तो देखिएको छैन। क्षणिक आवेग शान्त पार्न अशिष्ट भाषाको प्रयोग भइरहेको देखिन्छ।

आज भोलि नेताहरूले बोलिरहेको समयमा रियल टायम फेसबुक लाइभमा आउने केही कमेन्टहरू हेर्यो भने हाम्रो समाजको स्खलित मनोदशा र असभ्यताको पराकाष्ठा अझ छर्लङ्ग हुन्छ। उदाहरणको लागि हालै एकजना नेताको लाइभ भाषण थियो।

त्यसको अलि पछि अर्का नेताले बोलिरहेको कुरा पनि लाइभ थियो। नेताहरूले प्रयोग गरेको भाषा र कमेन्ट गर्दा लेखिएको भाषा पक्कै पनि सहज र नम्र लाग्दैनथ्यो। अनि पत्रपत्रिकामा प्रकाशित नेताहरू सम्बन्धी समाचारको कमेन्टमा आएका प्रतिक्रियाहरूको भाषा पनि धेरै अशिष्ट थियो।

हामी बुद्धभूमिका नागरिक हौं। कसैले बुद्ध नेपालमा जन्मेको हैन भन्यो भने हामीलाई चित्त दुख्छ। यो स्वाभाविक पनि हो। तर के हामीले साँच्चै बुद्धका आदर्शलाई हाम्रा जीवनमा कहिल्यै लागू गरेका छौं? बुद्धले जिब्रोलाई खुन ननिकाली काट्न सक्ने छुरी भन्नु भएको छ। अशिष्ट बोलीले हिंसा हुन्छ कि हुँदैन? अनि हाम्रा वैदिक सभ्यता र संस्कृतिले गाली गलौचलाई मान्यता दिन्छन्? कुन संस्कारले कटु बचनलाई राम्रो भन्छ? विनयशीलता विना कसरी सफलता सम्भव छ?

नेताहरूले असभ्य भाषामा एक अर्कालाई गाली गर्दै हुनुहुन्थ्यो। तल लाइभ कमेन्टहरू हेर्न रमाइलै लाग्थ्यो। विभिन्न छद्म नाम वा कसैले त आफ्नै नामको एकाउन्टबाट कमेन्ट गरेको देखिन्थ्यो। कि त अति प्रशंसा कि त छुद्र भाषामा गाली। केही प्रतिनिधि कमेन्टहरू तल हेरौं।
कमैले मात्र सकारात्मक वा तटस्थ कमेन्ट गरेको देखिन्थ्यो।

जस्तै: ग्रेट लिडर, स्यालुट, गुड, राम्रो गर्नुभो, तपाई देशको सच्चा नेता, राजनेता आदि। एक दुई वटा कमेन्टमा सुधारका लागि सुझाव दिएकोथियो। तर अधिकांशले दिएका प्रतिक्रिया यस्ता थिए- विदेशी दलाल, अव यो सकियो, खाते चोर, भातमारा, आत्मघाती, आँची खा, रिप, गफै मात्र, हनुमानले मात्र समर्थनमा लेख्छ, माथि लेख्ने झोले हो, यसलाई गोली हान्नु पर्छ, पख भोट माग्न आउलास्, चुनावमा भाटो हान्ने हो, कालले लान नसकेको, खानको काल, भिड्न आइज, ज्यानमारा, भ्रष्टाचारी, राइस किलर, पदका लागि मरिहत्ते गर्ने चोर, यो त डाँका नै हो, नमरून्जेलसम्म पद चाहिने आदि इत्यादि।

देशका अगुवा वा देशकै नयाँ पुस्ताले सिको गर्नुपर्ने अनि बालबालिकालाईउदाहरणीय बनेर संस्कार सिकाउनु पर्ने हाम्रा परमादरणीय नेताज्यूहरूले बोलेको भाषा के सभ्य छ? अनि कमेन्टमा लेखिएका भाषा नि? के हाम्रो भविष्यको भाषागत संस्कार यसरी नै जाने हो? आजभोलि साना बालबालिकाले समेत अनायासमै रिस उठ्दा तथानाम गाली बोलेको हामीले सुनेका छौं।

मिडियाको प्रभावका कारणले वा आफ्नो वरिपरि कसैले यस्तो भाषा प्रयोग गरेको सुनेकाले नै ती अबोध बालबालिकाका कानमा परेकोले उनीहरूले सिकेका हुन्छन्। अनि नियत नभएपनि अनायास त्यस्ता भाषा नबुझी प्रयोग गरिरहेका हुन्छन्।

किनभने रिस उठ्दा यस्तै बोल्नुपर्ने रहेछ भन्ने कलिलो मनमा गडेकोले यस्तो भएको हुनसक्छ। अझ चिन्ताको विषय त हाम्रो समाज कता गइरहेको छ भन्ने नै हो। हामीले हाम्रा नयाँ पुस्ताका सन्ततिलाई के सिकाइरहेका छौं। के हामी समुन्नत र सभ्य राष्ट्र बनाउन प्रतिबद्ध छौं? समुन्नत र सुखी राष्ट्र बनाउन भाषा सभ्य हुनुपर्छ कि पर्दैन?

नेताले बोलेका वा कमेन्टमा आएका सबै घृणा वचन (हेट स्पिच) हुन्। प्रेम वचनले एक अर्काप्रतिको श्रद्धा, आत्मीयता, हार्दिकता र मैत्रीभाव बढाउँछ भने घृणा वचनले द्वेष, दुस्मनी, वैरभाव र इबी बढाउँछ। प्रेमबाट रचना, सृष्टि, निर्माण, विकास, समृद्धि र सुख प्राप्त हुन्छ भने घृणाले विध्वंस, प्रलय, विनाश, विनष्ट, दुर्गति र दुःख निम्त्याउँछ।

हाल नेपालमा घृणा वचनको पराकाष्ठा देखिन्छ। अर्काको कुरै नसुन्ने, आफूले सोचेको मात्र ठीक ठान्ने, आफूले गरेको मात्र ठीक भन्ने जस्ता अदूर दृष्टिले मानिसलाई आत्मकेन्द्रित बनाउने र अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने बनाउँछ। कालान्तरमा यसले नकारात्मक दृष्टिकोण पैदा गर्दछ।

यसरी पैदा भएको नकारात्मकता लिखित वा अलिखित माध्यमबाट प्रसारित हुन्छ र यसले घृणा पैदा गर्दछ। घृणा बढ्दै जाँदा सम्वादहीनता हुने, एक अर्काको छेउ पर्न नसक्ने वा अझ भनौं अर्को हिँडेको बाटै गन्हाउनेसम्म हुन्छ। देशका नेताको तहमा हुने यस्ता घृणा बचनले देशको भविष्यलाई नै अँध्यारोतर्फ धकेलिरहेको हुन्छ।

हामी बुद्धभूमिका नागरिक हौं। कसैले बुद्ध नेपालमा जन्मेको हैन भन्यो भने हामीलाई चित्त दुख्छ। यो स्वाभाविक पनि हो। तर के हामीले साँच्चै बुद्धका आदर्शलाई हाम्रा जीवनमा कहिल्यै लागू गरेका छौं? बुद्धले जिब्रोलाई खुन ननिकाली काट्न सक्ने छुरी भन्नु भएको छ। अशिष्ट बोलीले हिंसा हुन्छ कि हुँदैन? अनि हाम्रा वैदिक सभ्यता र संस्कृतिले गाली गलौचलाई मान्यता दिन्छन्? कुन संस्कारले कटु बचनलाई राम्रो भन्छ? विनयशीलता विना कसरी सफलता सम्भव छ?

जापानले कुनै धर्मको कुरा नगरीकन नै बुद्धका आदर्शहरूलाई जीवन पद्धतिका रूपमा व्यवहारमा लागू गरेको उदाहरण छ। दोस्रो विश्वयुद्ध अघि सामुराईघमन्डकाकारण क्रूरताको पराकाष्ठा चुमेको जापानी समाजले विनयशीलताले मात्र अरूको मनलाई जित्न सकिने कुरा महसुस गर्योा। त्यसपछि उनीहरूले धम्कीको भाषा बोल्न छोडे।

अनि गफमा पनि विश्वास गर्न छोडे।कामलाई पूजा मान्ने संस्कृति रकाम गर्दा गर्दै मर्न पाए भाग्यमानी ठान्ने प्रवृत्तिको विकास गरे। पहिले देश, समाज, संस्कृति अनि मात्र आफू भन्ने कुरा बुझे। असल अनुशासन, कडा मेहनत, समयको पालना, अरूको सम्मान, गल्ती गरेमा आत्मालोचना, अरूको कुरा ध्यान दिएर सुन्ने बानी, इमान्दारिता, आफ्नो संस्कृतिको माया र राष्ट्रप्रति आफूले गर्नुपर्ने दायित्वको पहिचान गरे।

जापानमा आफ्ना कारणले कसैको चित्त नदुखोस् वा अरूलाई कुनै हानी नहोस् भनेर सबै नागरिक सचेत रहन्छन्। उनीहरूले कसैलाई सिधा नजरले समेत हेर्दैनन्। कसैलाई छोइएमा वा डिस्टव हुनसक्छ भन्ने महसुस भएमा अगाडि नै झुकेर गोमेन्नासाई (मलाइ माफ गर्नुहोस्) भन्ने चलन छ। यो कुरा बच्चाले अलि अलि बोल्न थालेदेखि नै जापानीहरूले सबैभन्दा बढी प्रयोग गर्ने शब्दमध्ये पर्छ।

यस सन्दर्भमा यहाँ जापानी समाजका केही उदाहरणहरू प्रस्तुत छन्। जापानमा आफ्ना कारणले कसैको चित्त नदुखोस् वा अरूलाई कुनै हानी नहोस् भनेर सबै नागरिक सचेत रहन्छन्। उनीहरूले कसैलाई सिधा नजरले समेत हेर्दैनन्। कसैलाई छोइएमा वा डिस्टव हुनसक्छ भन्ने महसुस भएमा अगाडि नै झुकेर गोमेन्नासाई (मलाइ माफ गर्नुहोस्) भन्ने चलन छ। यो कुरा बच्चाले अलि अलि बोल्न थालेदेखि नै जापानीहरूले सबैभन्दा बढी प्रयोग गर्ने शब्दमध्ये पर्छ।

जापानका साना बालबालिकालाई प्राथमिक विद्यालयमा नै झुकेर गरिने सबै प्रकारका शिष्टाचार, जीवन उपयोगी व्यवहार, आफ्नो परिवेशको प्रकृतिमा पाइने प्राणी तथा वनस्पतिको चिनारी, अरूको सदैव सम्मान गर्नेतरिका र आत्मालोचना गर्ने तरिकाहरू सिकाइन्छ। आफूले प्रारम्भिक तहमा शिक्षा दिएका कुनै पनि बालबालिकाले जिन्दगीका कुनै समयमा चोरी, डकैती वा अपराधजन्य कार्य गरेमा त्यसको दोष उसका शिक्षक शिक्षिकाहरूलाई पनि उत्तिकै जान्छ।

शिक्षामा कमी भएको कारण उसले अपराध गरेको मानिएको हुँदा उसलाई सबैभन्दा प्रारम्भिक तहमा शिक्षा दिने शिक्षक शिक्षिकाले सार्वजनिक सञ्चार माध्यमबाट माफ मागिरहेको देखिन्छ। यस्ता कुराले सभ्य समाजको निर्माणको लागि नैतिक शिक्षा अनिवार्य रहेको र सिकाउने व्यक्तिलाई नै सबैभन्दा ठूलो उत्तरदायी मान्ने गरेको देखिन्छ।

जापानमा कुनै नेताले गलत कार्य गरेको सम्बन्धमा प्रश्न उठेमा राजीनामा दिने मात्र हैन समाजको सामना गर्न नसकेर हाराकिरी (जापानमा पेट चिरेर गरिने आत्महत्या) नै गरेका प्रशस्त उदाहरण छन्।नेताले मात्र हैन साधारण नागरिकको समेत नैतिकतामा प्रश्न उठेमा उसले आत्महत्याको बाटो रोजेको उदाहरण समेत प्रशस्त देखिन्छ।

जापानमा कुनै नेताले गलत कार्य गरेको सम्बन्धमा प्रश्न उठेमा राजीनामा दिने मात्र हैन समाजको सामना गर्न नसकेर हाराकिरी (जापानमा पेट चिरेर गरिने आत्महत्या) नै गरेका प्रशस्त उदाहरण छन्।

यसरी आफूमाथि प्रश्न उठ्नुलाई गम्भीर रूपमा लिने प्रचलन छ। यसैगरी अमेरिका तथा युरोपका विकसित देशहरूमा पनि नैतिकताका विषयमा उठेका प्रश्नलाईअत्यन्त गम्भीर रूपमा लिइन्छ।

हाम्रो समाजमापनि प्राचीनकालमा नैतिकताको राम्रो अवस्था थियो। मधुर वाणी, नैतिकता र सदाचारलाई धर्मसँग जोडिएको थियो। शास्त्रीय परम्परादेखि चलेका वसुधैव कुटुम्बकम् (पृथ्वीका सबैलाई एउटै परिवार जस्तै मान), सत्यं ब्रूयात् प्रियं ब्रूयात्(सत्य बोल, राम्रो कुरा नरम भएर बोल), मधुरवचनम् एवं वदेत्(मीठो बचनमात्र बोल) जस्ता वैदिक सभ्यतामा निहित संस्कार हामीले आत्मसात् गरेका थियौँ।

यसैगरी भगवान बुद्धले बुद्ध धर्ममा भिक्षुहरूको आचरण लागि बनाएकापाली भाषामा रहेका पञ्चशीलमध्ये दुई मुख्य शील÷ पाणातिपाता वेरमणी-सिक्खापदं समादियामि (हिंसा नगर्नु)र मुसावादा वेरमणी- सिक्खापदंसमादियामि (असत्य नबोल्नु)जस्ता अमूल्य आदर्शहरू मधुर वाणीका सन्दर्भमासमाजले पालना गरेका थिए। तर वर्तमान नेपाली समाजमा यस्ता आदर्शहरू दिनानुदिन स्खलित भइरहेका छन्। यो ठूलो चिन्ताको विषय हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो