थप सुविधासहित पासाङ ल्हामु वाल क्लाइम्बिङ पुनःसंचालनमा

फुर्पा शेर्पा
३ साउन २०७८ ९:३१

काठमाडौं। बिगत लामो समयदेखि बन्द रहेको पासाङ ल्हामु वाल क्लाइम्बिङ पुनःसंचालनमा आएको छ। बागमती प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री सरेश नेपालले औपचारिक रुपमा क्लाइम्बिङ गरेर वालको शुभरम्भ गरेका थिए।

शुभारम्भका लागि बौद्ध धर्म गुरुले पुजाआज गरेका थिए।प्रथम नेपालीमहिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको सम्झनामा स्थापना गरिएको पासाङ ल्हामु फाउन्डेसन २०५८ सालदेखि संचालनमा आएको थियो।

बागमती प्रदेश संसाद निमा लामा, युवा नेता तथा सगरमाथा आरोही सरल सहयात्री, राखेपाका सदस्य तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई, प्रथम पत्रकार महिला सगरमाथा आरोही कल्पना महर्जनपासाङ ल्हामु फाउन्डेसनको महासचिव छेटु शेर्पा र आरोहीहरुको उपस्थिति रहेको थियो।

मन्त्री नेपालका अनुसार यस्ता खालका साहसिक खेलका कार्यक्रमहरुलाई प्रोत्साहन दिने प्रतिबद्धता जनाएको थिए। अन्य खेलहरुको तुलनामा विश्व बजारमा हिमाल सम्बन्धिका खेल निकै सम्भावना बोकेको खेल भएकाले यस्तो खेलहरुको प्रबद्र्धन र बिकासका लागि निजी क्षेत्र र सरकारको संयुक्त पहल हुनुपर्ने बताए।

संसाद निमा लामाले बन्द रहेको क्लाइम्बिङ सेन्टरलाई पुनः संचालनमा ल्याइ क्लाइम्बिङ पारखीलाई खुशी पारेकोमा शुभकामना ब्यक्त गरेका थिए यसैगरी युवा नेता तथा सगरमाथा आरोही सरल सहयात्रीले लाखौ हैन करोडौं पर्यटक भित्रिन सक्ने आधारहरु पर्याप्त भएर पनि सम्बन्धित निकायमा पर्यटन क्षेत्रमा ज्ञान भएको ब्यक्तिको अभावका कारण पर्यटन क्षेत्रमा अपेक्षित उपलब्धि गर्न नसकेकोमा दुःख ब्यक्त गरेका थिए।

सहभागी धेरैलेसम्बन्धित बिषयमा ज्ञान भएको टिमले संचालन गरेकोमा वाल बिगतका दिनहरुमा अझै राम्रो चल्ने धाराना ब्यक्त गरेका थिए। यो वाल विश्वका सातवटा महादेशका अग्लो हिमालहरु आरोहण गरिसकेकी आरोही माया गुरुङको नेतृत्वमा संचालनमा ल्याएइको छ।

कार्यक्रममा राखेपाका सदस्य तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले नेपालमा क्लाईम्बिङको बिगत बर्तामान र भविश्यमा संभावना र चुनौतीको बिषयमा स्पष्ट पारेको थियो।

अन्य क्लाइम्बिङ सेन्टरहरुमा भन्दा सस्तो रहेको पासाङ ल्हामु वाल क्लाइम्बिङमा पुरुषका लागि रु. ४००, महिलाका लागि ३५०, विद्यार्थीका लागि ३५० र वालवालिका लागि ३०० सय रुपैया शुल्क तोकिएको संचालक टिमका सदस्य मिलन तामाङले जानकारी दिए।

क्लाइम्बिङ परिसर भित्र हाइजेनिक खाना, खाजा र चिया कफिपनि उपलब्ध रहेको छ। मासिक, त्रैमासिक, चौमासिक, बार्षिक शुल्क तिरेर मेम्बरशिप लिने ब्यवस्थापनि रहेको छ।

पर्याप्त पार्किङ रहेको वाल सेन्टरमा विभिन्न सेमिनर तथा कार्यक्रमहरु संचालनका लागि सुविधा सम्पन्न हलपनि रहेकोछ र निश्चित शुल्क लिएर हल उपलब्ध गराउने ब्यवस्थापन टिमले जानकारी दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *