भारतको सहज जित

डिसी नेपाल
३ साउन २०७८ २२:४७

काठमाडौं । श्रीलंकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले सहज जित हासिल गरेको छ । कोलम्बोमा भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले ३६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि पहिलो पटक कप्तानी गरेका शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । उनले ९५ बलमा ६ चौका र एक छक्काको मद्दतमा ८६ रन बनाएर नटआउट रहे । यस्तै आज भारतको लागि एकदिवसीयमा डेब्यु गरेका इशान किशानले ५९ रन बनाए । पृथ्वी श ले ४३ रन बनाउँदा मनिष पाण्डेले २६ रन बनाए भने अर्का डेब्यु खेलाडी सूर्यकुमार यादवले ३१ रन बनाए । श्रीलंकका धनन्जय डि शिल्भाले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो । त्यसका लागि चमिका करुणारत्नेले ४३ रन बनाए । यस्तै दसुन शनाकाले ३९ तथा चरिथ असालंकाले ३८ रन बनाए । भारतका दिपक चहर, युजभेन्द्र चहल र कुलदिप यादवले समान २२ विकेट लिए ।

जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिजमा १–०को अग्रता बनाएको छ । भारत र श्रीलंकाबीचको दोस्रो खेलमा मंगलबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *