चाबी हराएपछि युवकको गुप्तांग २ हप्तासम्म तालामा फस्दा सधैंका लागि विकृत बन्यो

डिसी नेपाल
४ साउन २०७८ १२:४०

काठमाडौं। थाइल्याण्डको राजधानी बैंककमा एउटा निकै अनौठो घटना भएको छ । यहाँ एक व्यक्तिको गुप्तांग १४ दिनसम्म तालामा फस्यो र त्यसलाई निकाल्नको लागि विद्युतीय कटरको प्रयोग गर्नुपर्यो । यो घटनाका कारण ती व्यक्तिको गुप्तांग सधैंका लागि विकृत भएको छ ।

खासमा यी अविवाहित व्यक्तिले हस्तमैथुन गर्ने क्रममा गुप्तांगको फेदमा ताला लगाएका थिए । तर, उक्त तालाको चाबी हरायो । त्यसपछि उनको गुप्तांगको फेदमा उक्त ताला अड्कियो । उनको गुप्तांग सुन्निन थाल्यो । डेलीमेलका अनुसार युवकले करिब २ हप्तासम्म यसबारे कसैलाई बताएनन् र पीडाको साथमै दिन बिताए । यो समयमा उनले उक्त ताला हटाउन सक्दो प्रयास गरे तर सकेनन् ।

१४ दिनसम्म तालामा फसिरहेका कारण उनको गुप्तांग सुन्निँदै गएर संक्रमित भयो र उनलाई असहनीय पीडा हुन थाल्यो । त्यसपछि उनलाई उनकी आमाले अस्पताल भर्ना गराइन् । छोराको यस्तो हर्कतबाट लज्जित आमाले आफ्ना छोरा अविवाहित भएको र साना साना प्वालमा गुप्तांग हाल्न रुचाउने भएकोले यस्तो समस्या भएको बताइन् ।

अस्पतालमा युवकको गुप्तांगलाई तालाबान बाहिर निकाल्न डाक्टरहरुले विद्युतीय कटरको प्रयोग गरे । करिब २३० मिनेटको प्रयासपछि उनीहरुले ताला काटेर बाहिर निकाले । डाक्टरहरुले २ हप्तासम्म तालामा फसेका कारण उनको प्रजनन क्षमतामा स्थायी क्षति भएको हुन सक्ने बताएका छन् । युवकको गुप्तांग पनि विकृत भएको छ ।

डाक्टरले भने ‘हामी ती व्यक्तिको नाम बताउन सक्दैनौं तर हामी अन्य व्यक्तिहरुलाई यस किसिमका कामा गर्नबाट रोक्नको लागि यो घटना सार्वजनिक गर्न चाहन्छौं । यो निकै खतरनाक हुन सक्छ र शरीरलाई नोक्सानी पुर्याउन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *